• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

भरतपुर महानगरपालिकाले जेष्ठ पत्रकार निवृत्तिभरण कार्यक्रमका लागि २० लाखको चेक हस्तान्तरण

  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

असार २८ , चितवन । भरतपुर महानगरपालिकाले जेष्ठ पत्रकार निवृत्तिभरण कार्यक्रमका लागि चेक हस्तान्तरण गरेको छ ।भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघ चितवन शाखाद्धारा स्थापित कोषका लागि आज (मंगलबार) एक कार्यक्रमका बीच २० लाखको चेक हस्तान्तरण गरिएको हो ।

उक्त चेक महानगर प्रमुख रेनु दाहालले पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई हस्तान्तरण गरिन् । उक्त कोषबाट ६० वर्ष पुगेका र २० वर्ष पत्रकारिता गरेका पत्रकारहरुले मासिक चार हजार रुपैयाँ भत्ता पाउनेछन् ।

महानगर प्रमुख दाहालले सात सय ५३ पालिका मध्य भरतपुरले पहिलो पटक जेष्ठ पत्रकारलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको बताईन् । उनले आफ्नो पहिलो कार्यकालदेखि महासंघ र चितवनका पत्रकारहरु सहयोगी भूमिका खेल्नुका साथै कमी कमजोरी औंल्याएर सहयोग गरेको बताईन् ।

उनले हालै सम्पन्न ११ औं नगर सभाबाट महासंघको प्रशिक्षण केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराएको समेत बताईन् । आगामी दिनमा पनि महासंघसँग सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो । यस्तै उनले हाल ६० वर्ष पुगेका पत्रकार दिँईदै आएकोमा महासंघबाट कार्यविधि परिमार्जन गरेर ५८ वर्ष उमेर राख्न आग्रह आएको भन्दै यस बारे छिट्टै निर्णय गरिने बताईन् ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पत्रकारहरुले सधैं सकारात्मक भूमिका खेल्दै आएको बताए । उनले आगामी दिनमा पनि पत्रकारहरु सँग सहकार्य गरेर अघि बढ्ने बताए ।

पत्रकार महासंघकी केन्द्रीय सचिव सृजना अर्यालले महानगरसँगको सहकार्यले चितवन शाखाले निवृत्तिभरण कोष स्थापना गरेर नमूना काम गरेको बताईन् । अर्यालले केन्द्रले पनि गर्न नसकेको काम चितवन शाखाले गरेको भन्दै खुशी व्यक्त गरिन् । यसले पत्रकारिता पेशामा रहेका पत्रकारहरुलाई हौसला मिल्ने उनको भनाइ थियो ।

पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले निवृत्तिभरण कोष स्थापनाका लागि गरिएको प्रस्ताव महानगरले सहज रुपमा स्वीकार गरेको भन्दै धन्यवाद व्यक्त गरे । उनले महासंघका बिभिन्न गतिविधिमा महानगरसँग सहकार्य हुँदै आएको बताए ।

उनले हाल कोषबाट भत्ता पाउनका लागि ६० वर्ष पुगेको हुनुपर्ने कार्यविधि रहेकोले यसलाई परिमार्जन गर्दै ५८ वर्ष बनाउन महानगरसँग आग्रह गरे । कोषबाट भरतपुरका महिला, दलित, अल्पसंख्यक र अपांगको हकमा ५५ वर्ष र ६० वर्ष कटेका अन्य पत्रकारले भत्ता पाउने कार्यविधि रहेको उनले जानकारी दिए ।

लामो समय पत्रकारिता गरेका पत्रकारहरुमा जेष्ठ अवस्थामा पुग्दा सहज होस् भन्ने उद्धेश्यले कोष स्थापना गरिएको उनको भनाइ थियो । उनले पत्रकारको लेखनवृत्ति, क्षमता वृद्धिलगायतका कार्यक्रममा पनि महानगरबाट सहयोग र सहकार्यको अपेक्षा रहेको बताए । कोषमा पत्रकार महासंघले एक लाख रुपैयाँ राखेको छ ।

चार पत्रकारले भत्ता

पत्रकार महासंघ चितवनको जेष्ठपत्रकार निवृत्तिभरण कोषबाट चार पत्रकारले भत्ता प्राप्त गरेका छन् । महासंघ चितवन शाखाको सदस्य रहेका चार जना पत्रकारहरुलाई आज भत्ता वितरण गरिएको हो ।

भत्ता पाउने पत्रकारहरुमा रेशम विरही , मोहन पोखरेल , डिल्लीराम पोखरेल , महेन्द्रराज श्रेष्ठले भत्ता पाएका छन् । उनीहरुले बैशाखदेखि असारसम्मको गरी तीन महिनाको एकमुष्ट भत्ता प्राप्त गरेका हुन् ।

महानगर प्रमुख दाहाल र महासंघका अध्यक्ष अधिकारीले उनीहरुलाई चेक हस्तान्तरण गरे । कार्यविधि पुरा भएकोले उनीहरुलाई तीन महिनाको भत्ता बापतको चेक हस्तान्तरण गरिएको महासंघ चितवनका सचिव दीपन्द्र अधिकारीले बताए ।

मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.