• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भरतपुरको विद्युत कार्यालयमा खसी ढालेर जाँडपाटी ,रक्सीले मातेका कर्मचारीले पत्रकार आचार्य माथि कुटिपिट

  •   शनिबार, असार ३२, २०७९ मा प्रकाशित

असार ३२, चितवन। चितवनको भरतपुरस्थित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा शुक्रबार खसी काटेर दिनभर जाँडपाटी गरिएको छ । कार्यालय समयमै कार्यालय प्रमुख राजिव कुमार सिंहसहित कर्मचारी र केही बाहिरका मान्छे समेत सहभागि गराएर जाँडपार्टी गरिएको हो ।

शुक्रबार कार्यालयले मर्मतका लागि भन्दै नारायणगढ लगायतका क्षेत्रमा लाइन काटेको थियो । दिनभर लाइन काटिदा गर्मीका कारण नागरिकले सास्ती पाएका थिए । शुक्रबार भरतपुरको अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस रहेको थियो । तर विद्युतका कर्मचारी लाइन छिटो दिने भन्दापनि दिनभर खसी काटेर जाँडपाटी गर्नमै व्यस्त थिए । असार मसान्तको क्लोजिङ भन्दै पार्टी गरिएको कार्यलय प्रमुख सिंहले बताए ।

कार्यालय समयमा कार्यालय भित्रै रक्सी पार्टी भएको जानकारी पाएर फोटो खिच्न र समाचार संकलनका लागि पुगेका नारायणी अनलाइनका सम्पादक तथा संचारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई रक्सीले मातेका कर्मचारीले कुटिपिट र दुव्र्यवहार गरेका छन् । उनीहरुले आचार्यसंग रहेका दुईवटा मोवाइल खोसेका छन् भने जाँड पाटीको फुटेज र फोटो डिलिट गरेका छन् । कार्यालयभित्र हामी राजा हो भन्दै एक्कासी फोटो र भिडियो किन खिचेको भन्दै आक्रमणमा उत्रिएको सम्पादक आचार्यले बताउनुभयो । उहाँले आफु ७/८ जना जाँडले मातिएका कर्मचारीले कुटपिट गर्दापनि भागेर ज्यान जोगाउन सफल भएको बताउनुभयो । कार्यालय प्रमुखकै निर्देशनमा कार्यालयको मुख्य गेट नै लगाएर कुटपिट गरिएको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,‘कार्यालय प्रमुख सिंहको नेतृत्वमै घटना भएको छ, उनले नै आक्रमण गर्न निर्देशन दिएका हुन् ।’ सबै कर्मचारी रक्सीको मातमा रहेका कारण कसैले पनि अक्रमण र दुव्र्यवहारको विरोधमा नबोलेको आचार्यले बताउनुभयो ।

कर्मचारीले कार्यालयको मुख्य गेट बाहिरसम्म लखटेका थिए । आचार्यले कार्यालय नजिकै रहेको चितवनपोष्ट दैनिकको कार्यालयमा गएर आफुले ज्यान बचाएको बताउनुभयो । सम्पादक आचार्यको टिसर्ट च्यातिएको छ भने शरीरका विभिन्न ठाँउमा चोट लागेको छ । घटनापश्चात कार्यालयमा नेपाल पत्रकार महासंघको टोली प्रहरीसहित कार्यालयमा पुगेको थियो । तर त्यतिबेला जाँड खाएका सबै कर्मचारी भागेका थिए भने नखाएका केही मात्र कार्यालयमा देखिन्थे । उनिहरुले रक्सीका बोतल र खाएका पिलेट नजिकैको झाडीमा फालेको भेटिएको थियो । सम्पादक आचार्यलाई दुव्र्यवहार गरेका ठाँउमा रक्सी र खानेकुरा पोखिएको छ ।

कार्यालयको दिनभरको सिसिटिभी समेत डिलिट गरिएको छ । यसै घटनालाई लिएर सम्पादक आचार्यले घटनाको दोषी पत्ता लगाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसमक्ष उजुरी दिनुभएको छ ।

यसबीच घटनामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । राती ११ बजे एक कर्मचारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दिउँसै कार्यालयमा खसी काटेर जाँडपार्टी गर्ने कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणका लिएर कारवाही गर्न माग चितवनका पत्रकारले गरेका छन् । उनीहरुले राती अबेरसम्म जिल्ला प्रहरी कार्यालय चितवनमा धर्ना दिएर घटनामा संलग्न कार्यालय प्रमुखसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेका छन् । कार्यालयका प्रमुख सिंहले यसअघि पनि कार्यालय समयमै जाँड पार्टी गर्ने र विचौलीयासंग मिलेर भरतपुरमा लोडसेडिङ गर्ने गरेको गुनासो आउने गरेको थियो ।

शनिबार, असार ३२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.