साउन ३ , चितवन । । प्रेस चौतारी चितवनका उपाध्यक्ष कृष्ण आचार्यलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्युत प्राधिकरण भरतपुर शाखाका कर्मचारी धरौटीमा रिहा भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कार्यालय प्रमुख राजीव सिंहसहित आठ जनालाई २ लाख ४५ हजार रुपैयाँ एकमुष्ट धरौटी लिएर रिहा गरेका हुन् ।असार ३१ गते भरतपुर वितरण केन्द्र परिसरमै मदिरा सेवन गरेका कर्मचारीहरुले पत्रकार आचार्यलाई दुर्व्यवहार गरेका थिए ।
शनिबार पत्रकार आचार्यले प्राधिकरणका कार्यालय प्रमुख राजीव सिंह, सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ साह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटर रिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेलविरुद्ध किटानी जाहेरी दिएको आधारमा प्रहरीले आइतबार मुद्दा दर्ता गरेको थियो ।


