• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

मेयर दाहालले भरतपुरभित्रका विकासका काममा वन मन्त्रालयले रोकेको विषयमा मन्त्री यादवलाई ध्यानाकर्षण

  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित

साउन ८ , चितवन । । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरभित्रका विकासका काममा वन मन्त्रालयले रोक लगाएको विषयबारे वन तथा वातावरणमन्त्री प्रदिप यादवलाई ध्यानाकर्षण गराउनु भएको छ ।

मेयर दाहालले भरतपुरमा भइरहेको विकासको काममा वन मन्त्रालयले आवश्यक सहजीकरण गरेर निकास दिन आग्रह गर्नुभयो ।आईतबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित विकास बहसबारे अन्तरक्रिया कार्यक्रममा मेयर दाहालले भरतपुरका महत्वपूर्ण विकास निर्माणको काम भइरहेको क्षेत्रमा पर्ने रुख कटान गर्नुपर्ने भएकाले यसका लागि प्रकृया अगाडि बढाएर निकास दिन आग्रह गर्दै मन्त्री यादवको ध्यानर्काषण गराउनु भएको हो ।

‘भरतपुरमा निर्माणधिन रिङरोडमा रुखहरु परेका छन्,‘उहाँले भन्नुभयो,‘त्यस्तै सिक्स लेन सडकमा पनि केही रुख काट्नुपर्ने छ । सुकुम्बासीलाई जग्गा दिने ठाँउमा पनि रुखहरु परेका छन् । यसका लागि मन्त्रालयले सहजीकरण गरिदिनु प¥यो ।’मेयर दाहालले भरतपुर महानगरपालिकासँग जोडिएको नगरवनलाई अन्तर्राष्ट्रिय मापदण्डको पार्क निर्माण गर्न खोजेको उल्लेख गर्नुभयो । ‘नाम नै नगरवन छ’,उहाँले भन्नुभयो,‘तत्कालिन मेयरले वृक्षरोपण गरेर बनेको वन हो यो । वन मन्त्रालयले महानगरपालिकाको वनको रुपमा सहमति दिन अनुरोध गर्छु । पार्क निर्माण गर्न स्वदेशी र विदेशी लगानीकर्तासँग छलफल गरी लगानी गर्न प्रस्ताव पनि गरेका छौ ।’

मेयर दाहालले नगरवन क्षेत्रसँग जोडिएको क्षेत्रमा अटोभिलेज निर्माणका लागि मास्टर प्लान बनाएर अहिले वातावरणीय प्रभाव मूल्याङकन (इआइए) को प्रकृयामा रहेकाले यस विषयलाई पनि सहजीकरण गर्न आह्वान गर्नुभयो ।

यस्तै गोलाघाट–नवलपुर जोड्ने पुल, जलदेवि सामुदायिक वनमा निर्माण हुन लागेको ल्याण्डफिल्ड साईड र नारायणी तटबन्धनको काम पनि सहजीकरण गर्न ध्यानाकर्षण गर्नुभएको थियो ।जवाफमा वन तथा वातावरणमन्त्री प्रदिप यादवले विकासको काममा वन मन्त्रालय बाधक नबन्ने बताउनुभयो ।

कानुनी जटिलताहरुलाई हल गर्दै मन्त्रालयले फिल्डमा गई समस्याको वैकल्पिक समधान खोज्ने पनि मन्त्री यादवले उल्लेख गर्नुभयो ।मन्त्री यादवले माडीमा देखिएको सडक, पुल, विद्युतिकरण लगायतको विषयमा समस्याको समधान गर्न मन्त्रालय अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा वन मन्त्रालयका सचिव डा प्रेम कँडेलले अहिले देखिएका समस्याको समधानको लागि मन्त्री स्तरबाट गर्न सक्ने मन्त्रीस्तरबाट, मन्त्रीपरिषदबाट गर्न मिल्ने मन्त्रीपरिषद र प्रतिनिधि संसदमा लानुपर्ने विषय त्यहीबाट टुङ्गो लगाईने वन मन्त्रीबाट निर्देशन आएकाले त्यही आधारमा अघि बढ्ने बताउनुभयो ।कार्यक्रममा निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, हुलाकी सडक आयोजना प्रमुख धर्मेन्द्र कुमार झा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.