साउन ९ , खैरहनी । पूर्वी चितवनको खैरहनीमा अवैधरुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।लु २ ख १०३२ नम्बरको ट्रकमा लोड गरिराखेको अवस्थामा ४२० बोरा चिनी बरामद भएको प्रहरीले जनाएको छ ।
सुराकीको आधारमा इलाका प्रहरी कार्यालय खैरहनीबाट प्रहरी निरीक्षक अनोज विकको कमाण्डमा खटिएको प्रहरी टोलीले पराजुली खाद्य उद्योगअगाडि रोकी राखेको ट्रकलाई फेला पारी चेकजाँच एवं खानतलासी गर्दा प्रतिबोरा ५० किलो भएको ४२० बोरा चिनी भन्सार छली ल्याएको फेला परेको हो ।
चिनीको बोराहरु भएको ट्रक राजश्व छली गरी ल्याएको ५५ लाख ६९ हजार बरावरको चिनीसहितको ट्रक तथा ट्रकका चालकलाई पक्राउ गरी आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको चितवन प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया


