साउन ९ , भरतपुर ।भरतपुरका विभिन्न क्षेत्रमा भोली विद्युत सेवा अवरुद्द हुने भएको छ । विहान ९ बजेदेखि ६ बजेसम्म नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रअन्तर्गतका फिडरमा लाइन अवरुद्व हुने भएको हो ।
११ के.भी.लाइनका पोलहरु अपग्रेडको लागि भरतपुर महानगरपालिको शारदानगर क्षेत्र, रानीपोखरी क्षेत्र, रामपुर बजारदेखि गुरुङचोक सम्मको र आसपासको स्थानहरुमा विद्युत अवरुद्द हुने विद्युत प्राधिकरण चनौली वितरण केन्द्रले जानकारी दिएको छ । निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया



