साउन ११ , चितवन । २०७८ सालको एसइई परीक्षामा नारायणी नमुना माविका विद्यार्थी प्रशान्त अधिकारीले ४ जिपिए ल्याउन सफल भएका छन् ।नारायणी नमुना माविका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले ४ जिपिए ल्याएका प्रशान्त नै नेपाल प्रथम भएको दाबी गरेका छन् । उनका अनुसार सबै विषयमा प्रशान्तले ४ जिपिए ल्याएका छन् ।
गोरखा अजिरकोट ३ घर भएका अधिकारी मेधावी छात्र रहेका प्रधानाध्यापक दवाडी बताउँछन् । प्रधानाध्यापक दवाडीले भने, ‘चार जिपिए ल्याउने अहिलेसम्म कसैले दाबी गरेका छैनन्, प्रशान्त नै नेपाल प्रथम भएको दाबी नारायणी नमुना माविले गरेको छ ।’
यस वर्षको परीक्षामा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र यसबर्षको एसइईको परीक्षामा सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया


