साउन १५ , भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले शनिबार एक सूचना जारी गरी भरतपुर ६ लेनको सडक विस्तारका क्रममा मिलनचोकमा रहेको ३३ केभीको पोल सार्नुपर्ने भएकाले आइतबार लाइन अवरुद्ध हुने जनाएको छ ।
केन्द्रले जारी गरेको सूचनामा आइतबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म चनौली तथा पर्सा ३३ केभी अन्तर्गतका लाइन सटडाउन हुने भएकाले ३३/११ केभी चनौली, पर्सा र माडी सव–स्टेशनबाट वितरित सम्पूर्ण लाइन अवरुद्ध हुनेछ ।
केन्द्रले विद्युत् आपूर्ति अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी जनाउँदै निर्धारित समयअघि काम सकिएको खण्डमा लाइन सुचारु हुन सक्ने जनाएको छ ।
तपाईको प्रतिक्रिया


