साउन २०,काठमाडौं । सुदर्शन थापा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रको मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ ।
चलचित्रको यसघि सार्वजनिक गीत ‘जरुरी कुरा छ’लाई दर्शक तथा स्रोताले निकै मन पराएका छन् । निर्देशक सुदर्शन थापाले आफूले सम्हालिन्छ कहिले दर्शकको अपेक्षा अनुसार नै राम्रो लभस्टोरी चलचित्र निर्माण गरेको बताए ।
भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछन्। मरिस्का पोखरेलको केमियो पनि चलचित्रमा देख्न सकिन्छ ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्र को कथा महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको निर्मातामा अमित बस्नेत, परी राना र अजित कुमार थापा छन् ।


