साउन ३१ , भरतपुर । चितवनमा मंगलबार थप १९ जना सङक्रमण पृष्टि भएको छ । थपिएका १९ सहित सक्रिय सङक्रमितको संख्या ९० पुगेको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ६१ जनामा पिसीआर परीक्षण गर्दा १९ जनामा सङक्रमण पृष्टि भएको हो ।
जसमध्ये भरतपुर महानगरपालिकाका ६५ जना, खैरहनी नगरपालिकाका १४ जना, इच्छाकामना गाउँपालिकाका छ जना, रत्ननगरनगरपालिकाका चार जना र कालिका नगरपालिकाका एक जना आइसोलेसनमा रहेका छन् ।भरतपुर अस्पतालमा ११ जना सङक्रमित उपचाररत छन् भने २५ जना सङक्रमण मुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया


