भाद्र १,भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा संगठित युवा तथा कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रबेश गरेका छन् । आज (बुधबार) राप्रपा नेपाल निकट राष्टिय प्रजातान्त्रिक युवा सघंका जिल्ला उपाध्यक्ष शंकर विश्वकर्माको नेतृत्वमा ५० जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।
राप्रपा परित्याग गरी नेकपा माओवादी प्रवेश गरेका उनिहरुलाई नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले टिका तथा खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नेपाल सरकारले संघीय र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते गर्ने घोषण गरे पश्चात चितवनमा चुनाव माहोल तातिएको छ । यसै क्रममा चितवनमा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।


तपाईको प्रतिक्रिया


