• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

राष्ट्रिय भूमि आयोग चितवनलाई ४१ हजार बढी भूमिहिन तथा अव्यवस्थित बसोबासीबाट निवेदन

  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित

भाद्र ४ ,चितवन ।राष्ट्रिय भूमि आयोग चितवनले ४१ हजार बढी भूमिहिन तथा अव्यवस्थित बसोबासीबाट निवेदन संकलन गरेको छ । जसमध्ये ४ हजार ५ सय ८३ जना भूमिहिन दलित, १२ हजार ८६ जना भूमिहिन सुकुम्बासी, २४ हजार ६ सय ६५ जना अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले डेढ वर्षभित्र भूमि सम्बन्धि समस्या समाधान गरिने बताउनुभएको छ ।

उहाँका अनुसार निवेदन दिएका अधिकाँसले जग्गाको निस्सा लिइसकेका छन् । “भूमिहिन, सुकुम्बासीलाई छिटै लालपुर्जा बाँड्न आतुर छौँ”, उहाँले भन्नुभयो, “करिब ७० प्रतिशत जग्गाको लगत लिने तथा नापजाँचको काम सकिएको छ ।” भरतपुर महानगरमा सबैभन्दा धेरै सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । भरतपुरमा ३ हजार ८ सय ८८ जना भूमिहिन सुकुम्बासी, ५ हजार १ सय ३६ जना अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । कहि कतै जग्गा उपभोग नगरेका भूमिहिनलाई भरतपुर–२९ मा जग्गा खोजी गरेर बसोबासको व्यवस्था मिलाउनेबारे अध्ययन समेत भैरहेको बताउनुभयो । भूकम्पपछि स्थानान्तरण भएर अस्थायी रुपमा बसोबास बस्दै आएकाहरुलाई बसोबास गरेकै क्षेत्रमा जग्गा व्यवस्था गर्नेबारे सम्बन्धित पालिकाहरुसँग समन्वय भैरहेको जानकारी दिनुभयो ।

यस्तै माडीको हनुमानझुला (बाँदरझुला) क्षेत्रमा बसोबास गरेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सोही ठाउँमै जग्गा व्यवस्था हुने भएको छ । भूमि आयोगले सो क्षेत्र निकुञ्जको नभई राष्ट्रिय वन क्षेत्रमा पर्ने पहिचान गरेकाले १० वर्ष पहिलेदेखि बसोबास गर्दै आएका, रुख बुट्यान नभएका क्षेत्रमै जग्गा उपलब्ध गराउन सकिने जनाएको छ ।

सो क्षेत्रमा झण्डै ९ सय परिवार बसोबास गर्दछ्न । विगतका आयोगले प्रक्रिया थालेका ४ हजार १ सय ३२ जनालाई समेत जग्गा उपलब्ध गराउने काम सुरु हुन लागेको छ । यसैबीच, २०७७ अगाडी तत्कालिन भूमि आयोग, कार्यदल र समितिबाट वितरण गरेका जग्गाहरुको स्वामित्व वाद दर्ता श्रेस्ता वा नक्सा प्रमाणित लगायतका काममा कुनै त्रुटी भएमा आवश्यक कागजात सहित ३५ दिनभित्र जिल्ला समितिको सचिवालयमा निवेदन पेश गर्न आग्रह गरिएको छ । आयोगले जेठ २२ र साउन ३१ गते दुई दुई पटक ३५ दिने सूचना जारी गरेको छ ।

यस्तै भदौ ५ गते आइतबार भरतपुर–२ का भूमिहिन सुकुम्बासीलाई जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण कार्यक्रम हुने भएको छ । भरतपुर–२ देवकोटा चोकमा करिब १ सय २० घरपरिवारलाई पुर्जा वितरणको कार्यक्रम रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका मन्त्री शशी श्रेष्ठ मार्फत पुर्जा वितरण हुने जनाइएको छ ।

शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.