भाद्र ११ ,काठमाडौं ।बुबाको मुख हेर्ने दिनको अवसर पारेर निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको चलचित्र ‘छड्के २’ले फस्ट लुक्स सार्वजनिक गरिएको छ ।चलचित्रका निर्देशक श्रेष्ठले शनिबार चलचित्रको प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरेका हुन् ।
‘छड्के २’को पोस्टरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । पोस्टरमा ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् ।फर्स्टलुक पोस्टरमा अनमोलको कसिलो शरीर पनि देखाइएको छ, जसमा १९९४ लेखिएको ट्याटु छ ।
चलचित्रमा रविन तामाङ र कमलमणी नेपालको समेत मुख्य भूमिका छ । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भैरहेको चलचित्रमा मेधा प्रोडक्सन र निर्वाण फिल्म स्कुलले पनि सहकार्य गरिरहेको छ । चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।चलचित्रको यति बेला चितवन र मनाङमा छायांकन हुँदैछ ।



