भाद्र १८ , चितवन।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुरमा विद्युतीय तार भूमिगत कार्यको शिलान्यास गरेका छन् ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा प्रचण्डले तार भूमिगत कार्यको शिलान्यास गरे । नेपाल विद्युत प्राधिकरणद्वारा वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्य शिलान्यास कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललगायत सहभागी थिए ।
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले ०७५ सालदेखि काठमाण्डुमा विद्युतीय तार भूमिगत गर्ने योजना ल्याएको थियो । यसअघि काठमाण्डुमा मात्र सीमित उक्त योजना पहिलोपटक काठमाण्डुबाहिरसमेत पुगेको छ ।
तपाईको प्रतिक्रिया


