भाद्र २१ , काठमाडौं। प्रदीप खड्का र क्रिस्टिना गुरुङ अभिनित बहुप्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ नयाँ गीत सार्वजनिक भएको छ । हिन्दी तथा नेपाली दुई भाषामै गीत आएका हुन् । नेपाली सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको ‘हर युग होस्’ बोलको गीत छ । जसमा राजेश श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत छ ।
हिन्दी संस्करणमा ‘तुम प्यार हो’ बोलको रोमान्टिक गीतमा पलक मुछाल र अंकित तिवारीको स्वर रहेको छ । गीतमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र क्रिस्टिना गुरुङको अभिनय छ । मनाङमा छायांकन गरिएको गीतका दुश्य मन लोभ्याउन खालका छन् ।
‘प्रेमगीत ३’ असोज ७ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिट भने प्रचारप्रसारमा जुटिरहेको छ ।फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुन लागेको हो । सन्तोष सेन र छेतेन गुरुङको निर्देशन रहेको फिल्ममा दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
‘प्रेमगीत ३’ मा प्रदीप र क्रिस्टिनाका सगै शिव श्रेष्ठ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापालगायतका कलाकारहरुको अभिनय रहेको छ ।


