• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

चितवन अटो मेकानिकल व्यवसायी संघले मनायो रजत जयन्ती

  •   बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित

भाद्र २३ , चितवन । चितवन अटो मेकानिकल व्यवसायी संघले रजत जयन्ती मनाएको छ । नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतिथ्यतामा नारायणगढमा एक भब्य कार्यक्रम गरी रजत महोत्सव तथा २६ औ बार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

२०५४ साल भाद्र २३ गते जिल्लाका ११० व्यवसायी गैँडाकोटमा भेला भएर जगत बहादुर श्रेष्ठको अध्यक्षतामा संघ गठन गरेका थिए । जुन संघले अहिले २६ वर्षमा प्रवेश गरेको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री श्रेष्ठले भरतपुरमा अटो ल्यान्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह गरे ।

भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाँकी आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीको कार्यलयको तर्फबाट आफूले सहयोग गर्ने उनको भनाई छ ।विश्वमा मेकानिक्सहरुको माग बढ्दै गएकोले दक्ष मेकानिक्सहरु उत्पादन गरी अटो क्षेत्रलाई ब्यवस्थित गर्न पनि भरतपुर क्षेत्रमा अटो ल्यान्डको आवश्यक रहेको श्रेष्ठको भनाई थियो । कार्यक्रममा भरतपुर महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले महानगरबाट अटो ल्यान्ड निर्माणको प्रक्रिया अगाडि बढिरहेको बताए ।

‘महानगर अटो ल्यान्ड बनाउने सवालमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै उनले त्यसका लागि संघ र प्रदेशमा जान परे पनि तयार रहेको बताए । भरतपुर महानगर वडा नम्वर ३ को नारायणीको मझुवा क्षेत्रमा अटो ल्यान्ड बनाउने बिषयमा महानगरमा अघिल्लो कार्यकालमा पनि छलफल भएको र अहिले त्यसको वाताबरणीय प्रभावको बारेमा अध्ययन र अनुसन्धान भइरहेको बताए । यसको प्राकृतिक , भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक प्रभाव बारे थप छलफल गरेर निर्णय गर्नु पर्ने उनि बताउँछन् ।नेपाल अटो मेकानिकल व्यबसायी महासंघका अध्यक्ष जनार्दन गैरेले नारायणगढमा निर्माण हुने भनिएको अटो ल्याण्ड तत्काल निर्माण हुनुपर्ने बताए । नारायणगढमा निर्माण हुने अटो ल्याण्ड निर्माणको प्रक्रियामा सबैलाई सहयोग गर्न पनि अनुरोध गरे । अटो ल्याण्ड निर्माण भएको अवस्थामा व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उनको तर्क थियोे । उनले एक शहर एक अटो ल्यान्डको अवधारणा ल्याइएको पनि बताए ।

समारोहमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अटो मेकानिकल ब्यवसायी एक हुनु पर्नेमा जोड दिए । अबको २५,३० वर्ष पछिको भरतपुर महानगरलाई अटोको क्षेत्रमा कस्तो बनाउने भनेर काम गर्न तिर लाग्न सम्पूर्ण अटो मेकानिकलहरुको ध्यानाकर्षण गराए । खनालले अटो ल्यान्ड निर्माणका लागि नेपाली कांग्रेस चितवन जुनसुकै सहयोग गर्न तयार रहेको पनि बताए ।कार्यक्रममा माओवादी केन्द्रका पार्टि प्रतिनिधी द्रोणबावु शिवाकोटीले पार्टीले अटो ल्यान्ड निर्माणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । संस्थाका पुर्व अध्यक्ष गोपाल भट्रराईले चितवनमा मेकानिक्स सम्बन्धी अध्ययनको पनि व्यबस्था मिलाउन आफुहरु सफल बनेको बताए ।

जिल्लामा अटो ल्याण्ड नहुँदा व्यवसायीहरुले निकै दुख र कष्टका साथ निकै चुनौतीको सामना गर्दै व्यवसाय गर्न बाध्य हुनुपरेको संस्थाका पुर्व अध्यक्ष बलराम भण्डारीले बताए । समारोहमा संस्थाका पुर्व अध्यक्षहरु सल्लाहकारहरु तथा विविध क्षेत्रमा सहयोग पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै रजत महोत्सवको अवसरमा रजत स्मारिकाको पनि बिमोचन गरिएको थियोे । संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न संघ सस्थाका व्यावसायीहरुको सहभागिता रहेको थियो ।

चितवनमा व्यवस्थित अटोल्याण्ड निमार्ण नहुदा सडक छेउमा छरपष्ट अटो व्यवसाय गर्न व्यवसायी बाध्य छन् । अटो मेकानिकल ब्यवसाय र यहाँका ब्यवसायी लाई थप ब्यवस्थीत र आर्थीक रुपमा पनि थप सबल र सक्षम बनाउने गरि संघले सहकारीको अवधारण समेत अगाडी सारेर आफुहरुले काम गरेको पुर्व अध्यक्ष भण्डारी बताउछन् ।पहिला बचत कोषका रुपमा रमक जम्मा गर्दै आएको संघले २०६९ साल फुगुन २३ गते २८ जना समस्यले १४ लाख पुजी जम्मा गरि अटोमेकानिकल बचत तथा ऋण सहकारी संस्था दर्ता गरेर व्यवसायीक हितमा काम गरिरहेको संस्थाका अध्यक्ष प्रेमप्रसाद पाण्डेले बताए । थोरै थोरै करम संकलन गरि बचत थालेका व्यवसायीले आफनै भवन निमार्णका लागी ११ धुर जग्गसमेत किनेका छन् ।

ब्यवसायीहरुले ब्यवसाय संगै सामाजिक काममा पनि निरन्तर ध्यान केन्द्रित गरेका छन् । कोरोनाका बेला बिभिन्न स्वास्थ्य संस्थामा २०० बढि अक्सिजन सिलिन्डर बितरण, दैबिक प्रकोपका बेला राहत प्रदान, मेकानिकल राहात कोष स्थापना र २ लाख बराबरको ब्यवसायी दुर्घटना बिमा, मेकानिकल हरुका लागी तालिम, बित्तिए साक्ष्इोरता कार्यक्रम, रक्तदान कार्यक्रम ब्यवसायीक स्वास्थ्य तथा सुरक्षा तालिम , रक्तदान ब्यवसायीक भेला तथा मेला महोत्सवमा सहभागी ता जनाउने कार्यक्रम देखी टाफिक संग मिलेर सडकमा यान्त्रि परिक्षणका धेरै कार्यक्रमहरु गरेका हुन् ।

बिहिबार, भदौ २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.