• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आर्यन सिग्देलको मुख्य भूमिकामा फिल्म ‘सायरा’को घोषणा

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

भाद्र २९ ,काठमाडौं । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । मंगलवार होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको ’सायरा’ मा बलिउड निर्माता तथा निर्देशक पुस्कर झाको निर्माण रहनेछ । पुस्करसँग नेपाली व्यानर डीबीआर मेडिया एण्ड मुभिज प्राली र आइविल प्रोडक्सन अष्ट्रेलियाको संयुक्त लगानी रहनेछ ।

भिलेजब्वाई प्रोडक्सन मार्फत भारतमा सिरियल र फिल्म निर्माण गरिरहेका पुस्करले नेपाली फिल्म बनाउन पाउँदा खुसि रहेको बताए । ‘नेपाली फिल्म बनाउने इच्छा थियो । अहिले यो सहकार्य हुँदा म उत्साहित छु । नेपाली फिल्मलाई हिन्दी भाषा मार्फत विश्वबजारमा लैजाने म सहित टिमको तयारी छ । हामीले यसलाई हलसँगै ओटीटी पनि रिलिज गर्ने छौँ’ पुस्करले बताए ।

निर्देशक विशाल देसाइले नेप–इन्डो प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित रहेको बताए । ‘मलाइ निर्देशकको रुपमा चयन गर्नु भएकोमा उत्साहित छु । हाम्रो दुई छिमेकी मुलुकको मित्रता अझ बढ्ने किसिमले हामीले यस प्रोजेक्टलाई तयार गर्छौँ’ उनले बताए । फिल्मका प्रस्तुतकर्ता रघु परियारले आफ्नो प्रस्ताव स्वीकारेर फिल्ममा जोडिनु भएको भन्दै पुस्कर र विशाललाई धन्यवाद दिए ।

‘नेपाली फिल्मको बजारलाई विदेशमा विस्तार गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेमा म ढुक्क छु । हामीले यसलाई हिन्दी भाषामा ओटीटी मार्फत नेपाली फिल्मको बजार विस्तार होस् भनेर रिलिज गर्न लागेका हौँ । हामी ओटीटीमा हिन्दी भाषासँगै नेपाली भाषामा समेत रिलिज गर्ने तयारीमा छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

फिल्ममा आर्यन सिग्देल , सुफिया सिद्दिकी , कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहने छ । फिल्मको अन्य कलाकार तथा प्राविधिकको बारेमा छिटै जानकारी दिने समेत प्रस्तुतकर्ता रघुले बताए । फिल्मको आइडिया र टिमले गर्दा आफू जोडिएको आर्यनले बताए । ‘फिल्म कसरि बन्छ सँगै कसरि प्रदर्शन हुन्छ भन्ने विषयमा यो टिम प्रष्ट छ । त्यसैले पनि काम गर्न उत्साहित छु’ आर्यनले भने ।

डान्सीङ रियालिटी शो मार्फत चिनिएकी कविता नेपाली यसै फिल्म मार्फत डेब्यु गर्दैछिन् । उनले टिमले आफूलाई जोडिन मदत गरेको बताइन । ‘म राम्रो डेब्युको खोजिमा थिएँ । भने झैँ टिम पाउँदा डेब्यु गर्दैछु । भूमिका पनि सुहाउँदो छ’ उनले भनिन् । दसैँ र तिहारको बीचमा छायांकन सुरु हुने सायराको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने जानकारी दिइएको छ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।

यसमा कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा छन् । यसको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्शियल फिल्म निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा उपस्थित हुन् नपाउदा दुखि रहेको भिडियो संदेश सुफिया सिद्दिकीले पठाउनु भयो । उहाँले नेपाली फिल्ममा काम गर्न पाउँदा आफू उत्साहित रहेको बताउनु भयो । ‘मैले बलिउड र हलिउडको केहि फिल्ममा काम गरेकी छु । यसपटक नेपाली – इन्डियन प्रोजेक्टमा जोडिन पाउँदा उत्साहित छु’ सुफियाले भिडियो संदेश मार्फत बताउनु भयो ।

फिल्म ‘सायरा’ लाई शुभकामना दिन चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का , चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला , भारतीय उद्योगपति भावर सिंह प्लाडा , इन्द्रेश राय , कलाकार अर्चना शर्मा लगायत भारतबाट नेपाल आउनु भएको थियो ।

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.