भाद्र ३१ , काठमाडौं । फिल्म ‘बाबरी’को नयाँ रोमान्टिक गीत ‘मायाका रंगहरु’ सार्वजनिक भएको छ ।गीतमा सनुप पौडेल र रचना रिमालको स्वर छ भने कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । गीतको भिडियोमा धीरज नाड्कर र अदिती बुढाथोकी फिचर्ड छन् ।
सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज मगर, अदिति बुढाथोकी, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतका कलाकारहरुको अभिनय छ ।
असोज १४ गते रिलिज हुदैछ । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ । ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेका छन् ।
तपाईको प्रतिक्रिया


