भाद्र ३१ , काठमाडौं । यस बर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्मका कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्म आगामी फागुन १९ गते प्रदर्शन हुने जानकारी दिएका छन् ।फागु पूर्णिमाको छेकोमा फिल्म प्रदर्शन हुन लागेको हो ।
फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला , राज आचार्य लगायतको अभिनय रहेको छ ।‘छक्कापञ्जा ४’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।
दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।फागुन १९ मा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया


