असोज ५ , चितवन। असोज १४ गते चितवनमा म्युजिकल सो हुने भएको छ ।कार्यक्रममा छेवंग लामा लगयत अन्य विभिन्न कलकारहरुको उपस्थिति हुनेछ ।
लामाको दोस्रो पटक भरतपुरमा भब्य कार्यक्रमको आयोजना गरी म्युजिकल सो गर्न लागिएको आयोजक पोजेटिभ एवेंट चितवनका अध्यक्ष रविन छेत्रीले बताए । भरतपुरको सिनर्जी रोडमा रहेको लाइम एण्ड लेमोन (lime & lemon)क्याफेमा बेलुका ६ देखी ११ बजे सम्ममा कार्यक्रम हुने अध्यक्ष बताउछन् । म्युजिकल सोमा लामा आफ्न हिट गितहरु प्रस्तुती गर्ने छन् ।
उक्त सो हेर्नका लागी ३०० र ५०० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए । टिकट ई – सेवा (esewa) बाट पनि खरिद गर्न सकिने र अफलाईन टिकट लाइम एण्ड लेमोन( lime & lemon) र जंगल जुक्सन (jungle juckson)भरतपुर बाट पाउन सकिने अध्यक्षले बताए ।
तपाईको प्रतिक्रिया



