असोज १९, चितवन । यहि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई नम्बरी’को शीर्ष गीत सार्वजनिक भएको छ । यो लिरिकल गीत ‘हाँस्नै गाह्रो छ यहाँलाई…’ मा भूषण खतिवडाको शब्द, संगीत र स्वर समावेश छ ।
युवाको निराशालाई चित्रण गरिएको यो गीतले तन्नेरीको मनोविज्ञान र उनीहरुको मनोदशालाई दर्शाउँछ । गीतमा फिल्मका तस्वीर र केही दृश्यहरु समेत समावेश गरिएको छ । रिकेश गुरुङको एरेन्ज, आर्टमान्डु स्टुडियो रेकर्ड र दीपक गुरुङको भिडियो एनिमेसन आकर्षक लाग्छ ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्।
तपाईको प्रतिक्रिया



