असोज २०, काठमाडाैं। भोलि शुक्रबार बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई नम्बरी’को एड्भान्स बुकिङ सुरु भएको छ । फिल्मलाई देशभरिका मल्टिप्लेक्समा उल्लेखनीय शोज प्राप्त गरेको छ ।
क्यूएफएक्सले देशभरका आफ्ना आउटलेटमा फिल्मलाई ३५ शोज दिएको छ र रिलिजसम्म शोजमा वृद्धि हुने अनुमान छ । आइएनआई, वान सिनेमाज्, बिग, एफक्यूव, कीर्तिपुर, रञ्जना मल्टिप्लेक्सले पनि फिल्मलाई उल्लेख्य शोज दिएका छन् ।
यस्तै राजधानी बाहिर चितवन ,पोखरा ,बुटवल ,नेपालगंज, धरान ,बिर्तामोड,इटहरी ,बिराटनगर लगायतका ठाउमा पनि फिल्मको बुकिङ सुरु भएको छ ।टीजर र ट्रेलरको फिडब्याक हेर्दा फिल्मले सुखद ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ ।
अर्कोतर्फ, ‘स्टारकास्ट’को सहभागिताले पनि फिल्मलाई ओजपूर्ण तुल्याएको छ । यी अवसरहरुको कारण फिल्मले कस्तो ओपनिङ गर्न सक्ला त बक्सअफिसमा ? प्रस्तुतकर्ता किरण नेपाली भन्छन्, ‘अहिलेको ट्रेन्डअनुसार फिल्मले ७० प्रतिशत ओपनिङ अकुपेन्सी हासिल गर्न सक्छ ।’नेपाली फिल्मको बढी कमाइ ‘विन्डो सेल’बाट हुने भएकाले पनि निर्माता यसतर्फ विश्वस्त सुनिन्छन् ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन्।२ करोड रुपैयाँको लगानीमा निर्माण भएको फिल्मले विदेश र अन्य राइटबाट कमाएको छ ।


