असोज २०, चितवन । लगातारको वर्षाले नारायणगढ मुग्लिन सडकको सत्रकिलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बिहीबार बिहान ८ः२० बजेको समयमा चितवनको भरतपुर महानगर २९ मुग्लिङ नारायणगढ सडक खण्डको सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरी दुवैतर्फ सडक अवरोध भएको हो ।
जिप्रकाका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सो स्थानमा प्रहरी चौकी जुगेडी र इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलीले सडक विभागसँग समन्वय गरी सडकको अवरोध खुलाउन पहल गरिरहेको छ ।दुवैतर्फ सवारी सञ्चालन हुन केही समय लाग्ने प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया


