असोज २३, चितवन । चितवन क्षेत्र नम्वर ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार डा.भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आज (आईतबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिकारी नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको समेत रहेको गठबन्धनबाट उम्मेदवार बनेका हुन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको यस क्षेत्रमा यसपालि अधिकारीलाई उम्मेदवार बनाइएको हो। उनी फिजिसियन डाक्टर हुन्।

अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष पनि हुन्। यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका ९ वटा वडा पर्छ।
तपाईको प्रतिक्रिया



