असोज २३, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गरेका छन्।उनी पहिले जिल्लामा पाँच वटा निर्वाचन क्षेत्र हुँदा हालको क्षेत्र नम्बर ३ भित्रै पर्ने क्षेत्र नम्बर ५ बाट २०७० सालको संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।
२०७४ सालमा तीन क्षेत्र कायम भएपछि उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भए। गत निर्वाचनमा यस क्षेत्रबाट प्रचण्डले ४८ हजार २७६ भोट ल्याउँदा पाण्डेले ३८ हजार ९३५ भोट ल्याएका थिए। त्यतिखेर प्रचण्डलाई एमालेले र पाण्डेलाई कांग्रेसले सहयोग गरेका थिए। यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका ९ वटा वार्ड पर्छ।
तपाईको प्रतिक्रिया


