• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवन ३ का उमेद्वार डा भोजराज अधिकारी सामाजिक र राजनीतिक यात्रामा

"अस्पतालको अध्यक्ष भए पनि डा अधिकारीले विरामी हेर्ने काम कहिल्यै छोड्नु भएन "
  •   शनिबार, असोज २९, २०७९ मा प्रकाशित

असोज २९ ,चितवन। चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएर चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गर्नु भएका डाक्टर  भोजराज अधिकारी चितवनबासीका लागि नौलो नाम होइन । बिगत १७ वर्र्षदेखि चिकित्साक्षेत्र मार्फत जनताको सेवामा रहनुभएका डा अधिकारी यस पटक चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट सम्युक्त गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको रुपमा राजनीतिक यात्रा तय गर्नु भएको छ ।

बुबा एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीका कोखबाट छैटांै सन्तानका रुपमा २०३६ सालमा उहाँको जन्म भएको हो । गरिबीले आक्रान्त उहाँको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका २२ मा बसाई सर्यो । परिवार बसाई सर्दै गर्दा अधिकारी केवल एक वर्षको हुनुहुन्थ्यो ।

बाल्यकाल :

डा. अधिकारीको बाल्यकाल पनि पटिहानीमै वित्यो । उहाँको प्राथमिक शिक्षा पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट शुरु भयो । पाँच कक्षासम्म मात्र रहेको उक्त विद्यालय पछि पटिहानीकै अमर माविबाट डा अधिकारीले २०५२ सालमा विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गर्नु भयो । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी अर्थात होल फष्ट हुनुहुन्थ्यो । कक्षा ५ र ८ को परीक्षामा उहाँले चितवन जिल्ला प्रथमनै हुनुभएको थियो ।
चञ्चले स्वभाव, तीक्ष्ण बुद्धि काम नगरी खाली बस्न नसक्ने उहाँको स्वभावका कारण एसएलसी दिएपछिको खाली समयमा पनि उहाँ खाली बस्नु भएन् । स्थानीय ब्राइट स्टार बोडिङ स्कूलमा तीन महिना पढाउनुभयो ।

उच्च शिक्षा र स्वास्थ्य सेवा :

अमृत साइन्स क्याम्पस(अस्कल)बाट २०५४ सालमा प्रथम श्रेणीमा आइएससी गर्नु भएका डा अधिकारीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्ति कोटामा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पताल बाट चिकित्सा विज्ञानमा स्नातक (एम.बी.बी.एस.) उर्तीण गर्नुभएको हो ।
पोखराको पढाई पछि उहाँले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल(पुरानो मेडिकल कलेज)बाट शुरु गर्नु भयो ।

२०६२ सालमा इन्टर्नसीप चिकित्सककोरुपमा अस्पतालमा काम गर्दा उहाँमा रहेको क्षमताको कारण सोही मेडिकल कलेजबाट निशुल्क काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन(फिजिसियन)मा एमडी गर्नु भयो । एमडी अध्ययन गर्दागर्दे उहाले लोकसेवा मार्फत सरकारी चिकित्सकको रुपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बन्नुभयो । त्यो उहाँको सरकारी सेवाको पहिलो प्रारम्भ थियो । मेडिकल कलेजको व्यस्तता र केही नयाँ सिकौ भन्ने मान्यता राख्नुहुने डा अधिकारीको सरकारी क्षेत्रबाट केही गरौं भन्ने भावना पुरा हुन नसक्ने देखेर त्यो जागीरमा त्यति रमाउन सक्नु भएन । त्यस पछि उहाँकोे विशिष्टिकृत सेवा पुरानो मेडिकल कलेजबाट शुरु भयो ।

एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उहाँकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलो पल्ट मृगौलाको डायलायसिस सेवा शुरु भएको थियो । त्यो सेवा सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने उहाँको ध्येय थियो । काम त्यहाँ गरिरहँदा पनि कसरी त्यो सेवा सरकारी अस्पतालमा दिन सकिन्छ भन्ने उहाँमा हुटहुटी भइरहन्थ्यो ।

सरकारी जागीर छोडेपनि आम नागरिकको स्वास्थ्य प्रति उहाँ सधै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँमा जागृत गरिब र निमुखा विरामीको सेवामा समर्पण गर्ने चाहनाले अस्पताल विकास समितिकै माध्यमबाट भरतपुर अस्पतालमा प्रवेश गर्नुभयो । २०६७ साल देखिको निरन्तरता र सोही अस्पतालको अध्यक्ष जस्तो गरिमामय नियुक्ति पछि उहाँले चितवनको स्वास्थ्य क्षेत्रमा धेरै र उल्लेख्य काम गर्ने अवसर प्राप्त गर्नुभयो । वितेको ३० महिना भरतपुर अस्पतालको अध्यक्षसमेत बन्नुभयो ।

यो अवसरमा उहाँले भरतपुर अस्पतालको भौतिक निर्माण, सेवाको गुणस्तरमा धेरै उल्लेख्य काम गर्नुभयो । त्यसो त अस्पतालमा जनरल फिजिसयिनको रुपमा काम गर्दाको १० वर्षमा उहाँले नेपाल सरकारका विभिन्न निकायसंग समन्वय गरी स्वास्थ्य क्षेत्रका थुपै्र काममा अग्रसरता लिनुभएको थियो । भरतपुरलाई मेडिकल सिटीका रुपमा बिकास गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी राजनीति तर्फ पाइला अगाडि सार्दा पनि उक्त अभियान संगै भरतपुर अस्पताललाई गरिब र जेहन्दार विद्यार्थीको रोजाई स्थलको रुपमा सरकारी मेडिकल कलेज बनाउन तल्लीन हुनुहुन्छ ।

सामाजिक सेवा :

२०७३ सालदेखि नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष समेतको भूमिका निर्वाह गरिसक्नु भएका डा अधिकारी सरकारको स्वास्थ्यसंग सम्वन्धित नीति तर्जुमा निमार्णमा सामेल हुनुभयो । डा अधिकारीलाई २०७६ चैत १८ गते नेपाल सरकारले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको थियो । यो पद उहाँले निर्वाचनमा होमिदैगर्दा राजीनामा दिनु भएको हो ।

उहाँ अध्यक्ष हुदा भरतपुर अस्पतालमा भौतिक निमार्ण, विशिष्टिकृत सेवा र विस्तारका थुप्रै काम भएका छन् । अस्पतालको आकस्मिक भवन निमार्ण र संचालन, अन्य बन्दै गरेका व्लकहरुको पूर्णता र संचालन, कर्मचारीको दरबन्दी वृृद्धि र व्यवस्थापन, बिमा, विपन्न सेवालगायतका कामको प्रभावकारिता भएका छन् । आइसियू बेडको वृृद्धि आदि लगायतका उल्लेखनीय कामहरु भएका छन् भने अहिले पनि भौतिक पूर्वाधारका कामहरु जारी छन् ।

अस्पतालको अध्यक्ष भए पनि डा अधिकारीले विरामी हेर्ने काम कहिल्यै छोड्नु भएन । भरतपुरमै रहेको पुष्पान्जली अस्पतालमा उहाँ अझै पनि दैनिक दर्जनौ बिरामीलाई सहज सेवा दिइरहनुभएको छ ।डा अधिकारीमा आफ्नो चिकित्सकिय सेवा संगै देशविदेशका धेरै अनुभव छन् । उहाँले ३९ देश भ्रमण गरि त्यहाँको स्वास्थ्य क्षेत्रको बारेमा केही बुझ्ने र सोही अनुसार नेपालमा प्रयोग गर्ने दृढ इच्छा राख्नुहुन्छ । कोरोना महामारी र यसबाट बचाउने विषयमा पनि उहाँको उल्लेख्य योगदान रह्यो । नेपालमै पहिलो पल्ट उहाँकै अगुवाईमा चितवनमा कोभिड भ्याक्सिनको अनुसन्धान भइरहेको छ ।

हकी स्वभावका डा अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी विचारको हुनुहुन्थ्यो । २०५२ सालमा नेकपा (मशाल)को सदस्यता लिनुभएका डा अधिकारी हाल नेकपा (माओवादी केन्द्र) निकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रिय सचिव हुनुहुन्छ ।जहाँ काम त्यहाँ सधै अव्वल नै नतिजा दिनुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट पाँच दलीय गठबन्धनको साझा उमेद्वारका रुपमा चितवन क्षेत्र नं ३ मा मैदानमा हुनुहुन्छ । सम्युक्त परिवारमा रहनुहुने डा अधिकारीका बुबा, आमा, श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।

शनिबार, असोज २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.