असोज ३१,काठमाडौ। लोकप्रिय गायक शिव परियार यस पटक फरक अवतारमा प्रस्तुत भएका छन् । शिवको स्वर रहेको नया गीत ‘बाटो हेर्दा हेर्दै ‘मा शिव पहिलो पटक फ़िचरिङ्ग समेत भएका छन् ।
चर्चित पप ब्याण्ड ‘आस्था’ का लोकप्रीय गायक , सङ्गीतकार नरेन लिम्बुको शब्द संगीत रहेको गीतलाई निरन डंगोल एरेन्ज गरेका हुन् ।भिडियोमा गायक परियारसगै नायिका तथा मोडल करिश्मा श्रेष्ठलाई देख्न सकिन्छ ।
भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन् । प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियोलाई प्रशान्त लिम्बु ले छायांकन गरेका हुन् ।भिडियोलाई शिव परियारको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया


