कार्तिक ६, चितवन ।नेपालीहरुको प्रमुख चाड दशैं, तिहार, छठ र नेपाल सम्बतको उपलक्ष्यमा नेपाल राष्ट्रिय निमार्ण व्यावसायी संगठन जिल्ला समिति चितवनले शुभकामना आदान प्रदान गरेको छ ।
नेपाल राष्ट्रिय निमार्ण व्यावसायी संगठनका केन्द्रीय अध्यक्ष शिव प्रसाद भट्टराईंको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष बसन्त खरेलले अध्यक्षता गर्नु भएको थियो।
भरतपुरमा भएको यस कार्यक्रमा संगठनका सल्लाहकार रामराज पौडेल, बागमति प्रदेशका सल्लाहकार तथा निर्वतमान जिल्ला अध्यक्ष छवि गौतम, केन्द्रीय सदस्य होमनाथ दाहाल लगायतले बोल्नु भएको थियो।
नेकपा ९माओवादी केन्द्र० निकट यस निमार्ण संगठनले शुभकामना आदन प्रदान कार्यक्रममा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार रहेका पाँचदलिय लोकतान्त्रीक बाम गठबन्धनलाई उम्मेदवारहरुलाई पूर्ण सहयोग गरेर भारीमतले विजयी गराउन प्रतिवद्धता समेत गरेको छ ।



