• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवन २ (ख) का गठबन्धनका साझा उम्मेदवार उत्तम जोशी को हुन् ?

  •   आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

कात्तिक २० ,चितवन। – आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका साझा उम्मेदवार उत्तम जोशी चुनावी मैदानमा छन् ।

कांग्रेस चितवनका निवर्तमान सचिव जोशीलाई बाम लोकतान्त्रिक गठबन्धनले साझा उम्मेदवार बनाएको हो । जोशी अहिले चुनाव लक्षित घरदैलो अभियानमा व्यस्त छन् । कांग्रेस चितवनका स्पष्ट वक्ताको छाबी बनाएका जोशी जनतामाझ उत्तिकै लोकप्रिय छन् ।

को हुन् उत्तम जोशी ?

भरतपुर महानगरपालिका वडा नम्बर १० स्थायी घर भएका जोशीको जन्म २०३५ सालमा तनहुँको साविक चिसापानी गाविसमा भएको हो । सानैदेखि राजनीतिमा लागेका उनी अहिले पनि उत्तिकै सक्रिय छन् । राजनीतिमा निकै सक्रिय युवा नेता जोशी जुझारु र इमान्दारी नेताको रुपमा नेता चिनिन्छन् ।

मावलीघर र आफ्नो घरको राजनीतिक पृष्ठभूमिबाट हुर्केका जोशी पछिल्लो पुस्ताका लागि प्रेरणाका श्रोत पनि हुन् । त्यसो त उनका दाई अमृत जोशी नेविसंघ राजनीति गर्दै मकाउको संस्थापक जनसम्पर्क समितिको अध्यक्ष भइसकेका व्यक्ति हुन् । २०४६ को आन्दोलनमा सहभागी हुँदै राजनीतिको प्रारम्भिक यात्रा तय गरेका उनी २०४९ सालमा तनहुंँकै स्थानीय स्कुल कमिटीमा अध्यक्ष भए । तनहुंँको राजनीतिबाट यात्रा शुरु गरेका उनी नेवि संघको जिल्ला सदस्य र सचिव भएर जिम्मेवारी पूरा गरिसकेका छन् ।

त्यसपछि भने झन् जोशीको जोश थपिंदै गयो । उनको राजनीतिक गति चितवन आएर तीब्र र फराकिलो बन्यो । पढाईको सिलसिलामा २०५१ सालमा चितवन आए लगत्तै उनी नेविसंघ बालकुमारीको इकाई सदस्य भए । त्यसपछि उनी सोही कलेजको नेवि संघ इकाई सचिव र सभापति भएर जिम्मेवारी पूरा गरे । समयसँगै थप क्रियाशील र उर्जावान हुँदै गए उनी । उनले आफ्नो राजनीति यात्रालाई एकछिन पछि पनि थकाई मार्न दिएनन् ।

त्यसपछि उनी नेवि संघको सभापति र नेवि संघको केन्द्रीय सदस्य बन्न सफल भए । त्यतिमा मात्र उनले आफ्ना पाईला रोकेनन्, थकाई मारेनन् । उनको चर्चा थप चुलिँदै गयो । उनी हरेक चितवनबासीको मनमुटुमा बस्न थाले ।

कांग्रेसको ११ औं महाधिवेशनबाट उनी भरतपुर महानगरपालिका वडा नम्बर १० को सचिवमा निर्वाचित भए । १२ औं महाधिवेशनमा वडा नम्बर १० कै सभापति बन्न सफल भए । १३ औं महाधिवेशनमा जिल्लाको सचिवको रुपमा अत्याधिक मतले निर्वाचित भए ।

सामाजिक शास्त्रमा स्नाकोत्तरको अध्ययनलाई निरन्तरता दिँदै आएका उनी बेथितिविरुद्ध जहिल्यै पनि कडा रुपमा प्रस्तुत हुने गरेका छन् । अहिले संघ, प्रदेश र स्थानीय तहबीच रहेको कानुनी अस्पष्टता र व्यवहारिक जटिलतालाई निराकरण गर्ने, दुरुपायोग हुँदै आएको सांसद कोष खारेज र राजनीतिक विशिष्टताका नाममा हुने विशेषाधिकार अन्त्यको एजेन्डा लिएर उनी चितवन २ (ख) बाट प्रदेश सभा सदस्यको चुनावी अभियानमा होमिएका छन् ।

उनी आफू बोल्न नभई काम गर्नका लागि चुनावमा होमिएको बताउँछन्। आफूले इमान्दारिताका साथ बिकासको काममा खटिनेमा ढुक्क हुन आफ्ना मतदाताहरुलाई उनको आग्रह छ । आर्थिक चलखेलसँग जनताको विश्वास नसाट्ने उनको भनाइ थियो । ‘मैले इमान्दारिता र निष्टा बेच्न जानेको छैन । ढुक्क हुनुहोस् जनताले मन र मतले गरेको विश्वासलाई आर्थिक चलखेलसँग सौदा गर्दिन’, जोशी भन्छन् ।

तीन दशकभन्दा बढी निरन्तर कुशलतापूर्वक बिभिन्न भूमिका र जिम्मेवारी बहन गर्दै आएका उनी पटक पटक विद्यार्थी राजनीतमा धरकपड, गिरफ्तार हिरासतमा परेका थिए । राजनीतिक आन्दोलनको क्रममा २०६२÷६३ मा घाइते समेत भए उनी ।

उनी राजनीतिमा मात्र सक्रिय छैनन्, सामाजिक काममा पनि उत्तिकै क्रियाशील हुंँदै आएका छन् । सन् २००६ को भरतपुर शाखा जेसिजको अध्यक्ष, २०११ मा जेसिसको राष्ट्रिय उपाध्यक्ष निर्वाचित भए । परिवार नियोजन संघ चितवन, क्षयरोग निवारण संस्था र क्यान्सर समाज, चितवनको उनी आजीवन सदस्य हुन् ।

विभिन्न क्लब, शैक्षिक संस्थाकाको रुपमा आवद्ध भई काम गरिसकेका उनले समाजसेवीको छवी पनि उत्तिकै राम्रो बनाएका छन् । राजनीनिलाई पेशा होइन सेवाको रुपमा लिनु पर्ने उनको बुझाइ छ ।

यस्ता छन् जोशीको प्रतिवद्धता

चितवन २ (ख) मा गठबन्धनका साझा उम्मेदवार जोशीले डुबानको समस्या निराकरण गर्ने प्रतिवद्धता जनाएका छन् । गठबन्धनका साझा उम्मेदवार जोशीले भरतपुर महानगरपालिका ११ सँगै प्रदेश २ (ख) भित्रका वडाहरुमा रहेको डुबान समस्या निराकरण गर्न ड्रेनको व्यवस्था गर्ने बताएका हुन् ।

उनले युवा स्वरोजगार लक्षित कार्यक्रमहरु पनि आफ्नो प्राथमिकतामा रहने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने उनको योजना छ । धार्मिकस्थल तथा साँस्कृतिक क्षेत्रको संरक्षण र बिकास, निस्सा पाइसकेका भूमिहिन तथा अव्यवस्थित बसोबास गरेका समुदायलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने बिषयलाई उनले जोड दिएका छन् ।

खाने पानीको समस्या समाधान, विद्यालय तथा स्वास्थ्यसंस्थाको स्तरोन्नती, पुल कल्भर्ट तथा साघुँरो सडक विस्तार, कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम, गणेशथानदेखि वडा नम्बर १२ सम्म रिङरोड, ठाउँ-ठाँउमा सार्वजनिक शौचालय, महिला हिंसा अन्त्य तथा सिपमूलक तालिम, बाल-बालिका, युवा र वृद्ध-वृद्धाका लागि पार्क, खेल मैदान र पुस्तकालय निर्माण, पिछडिएका वर्गको आर्थिक तथा सामाजिक उन्नतिका लागि पहल र फोहोर व्यवस्थापन पनि उनको प्राथमिकतामा छ ।

उनले भरतपुर विमानस्थलबाट स्थानीयलाई उत्पन्न समस्या समाधान, जलदेवी सामुदायीक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास, आवश्यकता र सम्भाव्यता अध्ययन गरी भाटभटेनीदेखि हाकिमचोकसम्म र आँपटारीदेखि जिल्ला प्रशासन कार्यालयसम्म आकाशे पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र भरतपुर अस्पताललाई थप सुधार र सुविधा सम्पन्न बनाउन पहल गर्ने उनको प्रतिवद्धता छ ।

नीति नियमतर्फ संघ, प्रदेश र स्थानीय तहका बीचमा रहेका कानुनी अस्पष्टता र व्यवहारिक जटिलता निराकरण, दुरुपयोग भइरहेको सांसद बिकास कोष खारेज तथा राजनीतिक विशिष्ठताका नाममा हुने विशेषाधिकार अन्त्यका लागि पहल गर्ने उनको प्रतिवद्धता छ ।

आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.