• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवन ३ मा डा. भोजराज अधिकारीको जीत सुनिश्चित जस्तै

  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

चिन्तामणि पौडेल÷प्रकाश ज्ञवाली
कात्तिक २२ ,चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्रको रुपमा परिचित २०७४ को निर्वाचन देखिनै बढी चर्चामा रहेको चितवनको यो निर्वाचन क्षेत्रमा यतिवेला डा. भोजराज अधिकारीको चर्चा छ । उनले कति मतान्तरले आफ्नो अग्रता हाँसिल गर्छन भन्ने । अनि काँग्रेसबाट बिद्रोह गरि स्वतन्त्र उम्मेद्वारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको एमालेको अवस्था यो क्षेत्रमा के होला भन्ने । अघिल्लो निर्वाचनमा काँग्रेसको समर्थनमा समेत १० हजार मतान्तरले पराजय भोगेका राप्रपा नेता बिक्रम पाण्डेको अवस्था कस्तो होला भन्ने ?

गत आम निर्वाचनमा प्रचण्डका कारण बढी चर्चामा रहेको यो क्षेत्र गत स्थानीयतह निर्वाचनपछि झनै चर्चाको शिखरमा थियो । गत वैशाख ३१ मा सम्पन्न पछिल्लो स्थानीय तहको निर्वाचन पछि कौतुहलतामा रहेको यस क्षेत्र प्रचण्डले गोरखा २ बाट उम्मेद्वार दिने निर्णय पछि त्यति चर्चामा रहेन् । तर, पछिल्ला दिनहरुमा फेरी चर्चामा छ । प्रचण्डको निर्वाचन क्षेत्र बाट प्रचण्डका प्रतिनिधिले जित्दैछन की हार्दैछन भनेर ।

समग्र चितवनकै प्रतिनिधित्व जस्तो देखिने यो निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको एक सीटको लागि २१ जनाका उम्मेद्वारी परेको थियो । यतिवेला पार्टी र स्वतन्त्र गरि २० जनाको उम्मेद्वारी कायम छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारी र राप्रपाका नेता बिक्रम पाण्डेको उम्मेद्वारी छ । शुरुआतमा उम्मेद्वारी दिएर फिर्ता लिएको एमाले नेतृत्वले नेपाली काँग्रेसबाट बागी बनेर स्वतन्त्र उम्मेद्वारी दिएका दिनेश कोइरालालाई समर्थन गरेको छ । गत स्थानीयतह निर्वाचनमा काँग्रेसबाट बागी बनेर भरतपुर महानगरको अध्यक्षमा उम्मेद्वार दिएर भुई कटहर चुनाव चिन्हमा चर्चा बटुलेका जगन्नाथ पौडेल सूर्यमुखी फुल चिन्हमा छन् ।

२० जनाको उम्मेद्वारी भएपनि चितवनको क्षेत्र नं. ३ मा चर्चामा रहेका चार मध्ये विशेष गरि यतिवेला तीन उम्मेद्वारको बारेमा बढी चर्चा परिचर्चा छ । माओवादी केन्द्रको हँसियाँ हथौडा, राप्रपाको हलो र स्वतन्त्रको माछा चिन्हको । गठबन्धनको बलियो हतियार भएकाले हँसिया हथौडा सबै भन्दा बलियो छ भने, हलो र माछाको चर्चा एमालेको दोधारे नीतिका कारण छ । एमाले समर्थनको मत हलोमा जान्छ या माछामा यसले यी दुई मध्ये एक हँसियाँ हथौडाको प्रतिस्पर्धी बन्नेछन् ।

बाम–लोकतान्त्रिक गठबन्धनले माओवादी केन्द्रको तर्फबाट डा. अधिकारीलाई उम्मेद्वार चयन गरि सक्दा समेत आफ्नो उम्मेद्वारी चयन गर्न नसकेको नेकपा एमालेले अन्तिममा आएर पार्टीको जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेद्वारी दर्ता गराएर भोलीपल्टै एकाएक नाम फिर्ता लिएको थियो । र, स्वतन्त्र उम्मेद्वार दिनेश कोइरालालाई समर्थन गरेको थियो । पार्टीले समर्थन गरेपनि आम मतदातालाई त्यो मन परेको देखिँदैन । कार्यकता पंङ्तिमा समेत कोइरालालाई समर्थन गर्ने विषयमा एक मत छैन् । एमालेका जिल्लास्तरीय युवाहरुले सामाजिक सञ्जालमा व्यक्ति भन्दा पार्टीका उम्मेद्वारलाई समर्थन गर्न उपयुक्त हुने टिप्पणीसमेत गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व रजिष्टार प्राडा भीमराज अधिकारीको विश्लेषणमा गठबन्धनका उम्मेद्वार डा भोजराजले अन्य प्रतिस्पर्धीलाई धेरै पछाडी छोडेर अगाडि बढि सकेका छन् । एमाले पंङ्तिले जसलाई समर्थन जनाएपनि भोजराजको प्रतिस्पर्धि बन्ने अवस्था छैन् । अहिले समर्थन गरेको स्वतन्त्रलाई छोडेर एमाले युटर्न गरि राप्रपा तर्फ फर्किए पनि अव त्यस्तो अवस्था रहने म देख्दिन । चुनावी समिकरण फेरिएर नयाँ बन्ने र, उनीहरुले सोचे जस्तो हुनेवाला छैन् ।
त्यसो त कोइरालाको साथ आफ्नो प्रदेशसभाका उम्मेद्वारको फोटो समेत राखेर एमालेले चुनावी घरदैलो सञ्चालन गरिरहेको छ । यो अवस्थामा केन्द्रले फेरी अर्को निर्णय गरि पठाएपनि एमालेको त्यो धार पाण्डे प्रति फर्कन सक्ने अवस्था देख्दैनन प्राडा अधिकारी । उनी भन्छन अव भोजराज अगाडि बढेबढे उनलाई पच्छ्याउने मात्र हो उछिन्ने ताकत कुनै उम्मेद्वार संग छैन् ।

एकाएक आफ्नो पार्टीका उम्मेद्वारको नाम फिर्ता लिएको एमालेको समर्थन स्वतन्त्र उम्मेद्वार दिनेश कोइरालालाई गरेको भएपनि आम मतदातालाई त्यो मन परेको देखिँदैन कार्यकता पंङ्तिमा समेत कोइरालालाई समर्थन गर्ने विषयमा एक मत देखिँदैन् । एमालेका जिल्लास्तरीय युवाहरुले सामाजिक सञ्जालमा व्यक्ति भन्दा पार्टीका उम्मेद्वारलाई समर्थन गर्न उपयुक्त हुने टिप्पणी गरेका छन् । उनीहरुले संकेत गरे जस्तै एमाले युटर्न गरि राप्रपा उम्मेद्वार पाण्डेलाई समर्थन गरेपनि अव ढिला भइसकेको छ । चुनावी समिकरण फेरिएर नयाँ बन्ने र, उनीहरुले सोचे जस्तो हुनेवाला छैन् । कोइरालाको साथ आफ्नो प्रदेशसभाका उम्मेद्वारको फोटो समेत राखेर चुनावी अभियाननै सञ्चालन गरि सकेको वर्तमान अवस्थामा एमालेको त्यो धार पाण्डे प्रति फर्कन सक्ने अवस्था छैन । यो अवस्था हुनु भनेको चाहे जुनसुकै पार्टीको होस, आम मतदाताको नजरमा भोजराज प्रतिको आकर्षण हो । केही दिन अगाडि सम्म स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले दिनेश कोइरालालाई समर्थन गरेको विज्ञप्ति जारी गर्छ भन्ने अडकलवाजी थियो तर, त्यो अडकलबाजी मात्र भयो । उनी कोइरालालाई समर्थन गर्ने पक्षमा देखिँदैनन् ।

चितवन उद्योग संघका अध्यक्ष एवं पोल्ट्री व्यवसायी त्रिलोचन कंडेल डा. अधिकारीको पल्ला भारी भइसकेको बताउँछन् । डा अधिकारीको राजनीतिक पृष्ठभूमि भन्दा पनि आम मतदाताको आकर्षण रहेको उनको बुझाई छ । स्वास्थ्य क्षेत्रमा दख्खल राख्ने अधिकारी यो क्षेत्रको युवा,बौद्धिक समुदाय माझ परिचित नाम भएकाले पनि उनको अन्य उम्मेद्वारको भन्दा बढीनै क्रेज देखिएको छ । ‘उहाँ संग केही गर्नुपर्छ र केही गर्छु भन्ने दृढ संकल्प छ । उहाँको पछाडी गठबन्धन छ ।’

सोही निर्वाचन क्षेत्रमा मतदाता डा विश्वराज पौडेलको नजरमा पनि डा अधिकारी प्रतिनिधिसभाको लागि उपयुक्त पात्र हुन् । डा अधिकारीको विषयमा जानकारी राख्ने डा पौडेल भन्छन, ‘उ सामाजिक ,आर्थिक, नैतिक बिकृतिमा फसेको छैन । एउटा अति सामान्य परिवारमा हुर्केको उसले आम भूई मान्छेहरुको समस्या बुझेको छ । उसका बाबुले अर्काकोमा हलो जोतेर छोराछोरीलाई पढाएका हुन् । त्यसैले उसले सबै बर्गकोप्रतिनिधित्व गर्न सक्छ । उसंग छदम् केही छैन्, चुनावी एजेन्डा क्लियर छ ।’

चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवं उद्योगी राजु पौडेल डा अधिकारीको बारेमा भन्छन, ‘अति सामान्य परिबारबाट आएकोले बिपन्नता ,गरिवी, अभावको जिन्दगी कस्तो हो त्यो मर्म डा अधिकारीलाई राम्रोसंग थाहा छ । ती समस्यालाई सिंहदरबारसंग जोेडेर समस्याको सधैंको अन्यका लागि नीति बनाउन सक्ने हैसियत छ । स्थानीय देखि केन्द्रसम्म पहुँच, चितवनको भुगोलबारे जानकारी छ । त्यसैले उनी उपयुक्त पात्र हुन् ।’
भरतपुर ९ का प्रमोद तिबारी डा भोजराजलाई नेतृत्वमा हुनुपर्ने बहु प्रतिभाशाली गुण भएको व्यक्तिको रुपमा आफुले चिनेको बताउँछन । यस क्षेत्रमा डा अधिकारीलाई टक्कर दिने उम्मेद्वार नभएको दाबी उनको छ ।

भरतपुर ९ कि सामाजिक अभियान्ता शर्मिला पण्डितलाई डा अधिकारीको एजेण्डा मन परेको छ । उनी आफुले मिडियाबाट सुनेको डा. अधिकारीको एजेण्डा र उनको बारेमा बुझेको कुरा के हो भन्ने प्रश्न राख्दै यो क्षेत्रमा उठेको मध्ये डा अधिकारीनै सबैभन्दा उत्तम र आम मतदाताको रोजाईको मान्छे रहेको बताउँछिन् । र भन्छिन, “हामीलाई चाहिएको प्रतिनिधि भोजराज जस्तै हो ।”

भरतपुर २५ का होमनाथ पौडेल आम मतदाताको आकर्षण डा भोजराज रहेको आफ्नो अनुभव सुनाउँछन् । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट जित हाँसिल गरेको वडा नम्बर २५ को अवस्थाबारेमा उनी भन्छन् । “हाम्रो वडाको कुरा गर्नुहुन्छ भने भोजराजलाई बहुमत पछि बाँकी मत अन्य उम्मेद्वारलाई बाढिने देखिन्छ । उनले डा अधिकारीको क्रेज माओवादी अध्यक्ष प्रचण्डको भन्दा कम नभएको दाबी गरे । यस स्थानमा उठ्दै गर्दा भन्दा पनि युवाहरु माझ डा. अधिकारीको बढी क्रेज रहेको मैले पाए । उनले भने, “डा भोजराज नयाँ, युवा,,बौद्धिक, समाज बुझेको मान्छे भएकाले अन्य उम्मेद्वार ओझेलमा परेका छन् ।” चितवन विशेष गरि यस निर्वाचन क्षेत्रमा सडक सञ्जालको काम प्रसस्तै भएका छन् । भौतिक निर्माणमा पनि अगाडि बढेको छ अव शिक्षा र स्वास्थ्य जस्ता सेवा क्षेत्रको विकास आवस्यक छ डा अधिकारी जस्ताले यस क्षेत्रमा आमूल परिवर्तन गर्न सक्छन भन्ने विश्वास मतदातामा देखिएको छ ।

होटल व्यवसायी दिनेशकुमार चुके चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा गठबन्धनको जीत सुनिश्चित भइसकेको दाबी गर्छन । आफुले पाएको जानकारी भन्दै उनी भन्छन, “डा. अधिकारीको प्रतिस्पर्धामा राप्रपा र स्वतन्त्र उम्मेद्वार हुन सक्ने देखिएन् । नेकपा एमालेको समर्थन बिक्रम पाण्डेलाई भएको भए दुई पक्षीय भीडन्त हुने थियो त्यो भएन, त्यो नभएको अवस्थामा डा अधिकारीको सहज जीत जस्तै देखिएको छ ।”
होटल एवं पर्यटन व्यवसायी ऋषि न्यौपाने डा अधिकारीको बारेमा आफुले बुझेको विषय यसरी राख्छन, “मैले सानै देखि चिनेको व्यक्ति हुन उनी । साहै मेहनती । लिएको जिम्मेवारी पूरा गर्ने । पेशाले उनी चिकित्सक भएपनि मलाई के लाग्छ भने उनको चौतर्फी क्षमता छ । आँटेको काम पुरा गर्छन । व्यवस्थापकीय क्षमता पनि छ त्यसैले उनी उत्तम छन् ।” जिम्मेवारी लिन्छु र गर्छु भन्यो भने पढे लेखेको, संसार बुझेको मान्छेले केही गर्छ भन्ने मान्यता राख्नु पर्छ त्यसमा पनि सिंगो गठबन्धन उनको पछाडी छ । भोजराजले छोई दियो भने सन्चो हुन्छ भन्ने मान्यता राख्नेहरु छन् यस्तो मान्छेसंग यो गरेँ त्यो गरेँ भनेर अरुले योजना ल्याइदिएर गरेको कामले केही अर्थ राख्दैन ।

उद्योग बाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुकेको नजरले निर्वाचन क्षेत्र नम्बर ३ डा. भोजराजको प्रतिस्पर्धामा अन्य उम्मेद्वार देखेको छैन् । जुनसुकै प्रकृतिको गठबन्धन भएपनि भोजराजले निर्वाचन जित्ने दाबी गर्छन उनी । उनका अनुसार उक्त क्षेत्रको सबै भन्दा बलियो शक्ति नेपाली काँग्रेस हो एमाले र माओवादीको हाराहारी होला । माओवादी र काँग्रेसको गठबन्धन भएको ठाउँमा हार्ने भन्ने अवस्था मैले देखेको छैन् ।

अंकगणितीय विश्लेषणमा उम्मेद्वारहरु ः
चितवनको क्षेत्र नम्बर ३ अन्तरत भरतपुर महानगरपालिकाका १९ वडाहरु र माडी नगरपालिकाको सबै नौ वटै वडाहरु पर्दछन् । गत २०७४ को निर्वाचनमा नेकपा गठबन्धनको तर्फबाट ४८ हजार मत ल्याएर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जित हाँसिल गर्दै गर्दा नेपाली काँग्रेसको समर्थनमा उम्मेद्वारी दिएका राप्रपा नेता बिक्रम पाण्डेले ३८ हजार मत ल्याएका थिए । यो त भयो माओवादी केन्द्रको नेकपा एमाले संगको सहकार्य र काँग्रेस राप्रपा गठबन्धनको परिणाम । तर यस पटकको गठबन्धन फरक प्रकृतिको छ । अनि मतदाता पनि बढेका छन् । त्यसैले स्थानीय तहको आधारमा यसलाई विश्लेषण गर्दा बढी विश्वसनीय आधार बन्न सक्ने देखिन्छ ।

मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.