• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक

  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित

कात्तिक २६ , काठमाडौं। मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो। एक मिनेट चालिस सेकेन्ड लामो ट्रेलर फुल एक्सन बेसमा बनाइएको छ। ट्रेलरमा राजकुमार राईको एक्सनका दृश्यहरु लाइ बिसेष स्थान दिइएको छ।

राजकुमार राईको २४ वर्ष पछि चलचित्र ‘सोल अफ द कमान्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ । उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका थिए । अहिले पनि उनलाई मुख्य भुमिकामा नै देख्न सकिन्छ ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली चलचित्र क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्। ग्रयान्ड मास्टर राजकुमार राईले ट्रेलर रिलिज कार्यक्रममा बोल्ने क्रममा आफुलाइ आफ्नो गाउँ बस्ति,आफ्नो देश आफ्नो माटोले सम्झिरहेको बताए। उनले भने ”मेरो गाउँ बस्तिले मलाइ खोजेको छ, मेरो देशले मलाई खोजेको छ,मंसिर २३ गते चलचित्र आउँदैछ, म फेरि आउदै छु तपाइँको लागि,चलचित्रले निरास बनाउने छैन’

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल,नरेन खड्का,शेषुका राई,मिलन राई,रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई,नरेन्द्र लिम्बु,पूर्ण लिम्बु,कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बु,एन्जल राई,टिका राम ठकुरी,सोनीका राईको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेका छन् । चलचित्रका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत रहेको छ।

चलचित्रमा छायांकन दिर्घ गुरुङको,सम्पादन नहकुल खड्काको,भिएफ़एक्स सत्यमा राना,कलर जीवन थापा,ट्रेलर बन्दे प्रसाद,बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक,सिमोन राजबंशीको कोरियोग्राफी,द्वन्द्व निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् । चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

कार्यक्रममा थुप्रै बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,निर्देशक मिलन चाम्स र पुर्व आइजीपी दोर्जे कुमार राईले चलचित्रलाइ सफलताको शुभकामना दिएका थिए । युकेदेखि आएका संचारकर्मी आकाश सुनुवारले ग्रयान्ड मास्टर राजकुमार राईको बिषयमा केहि जानकारी सहितको सामाग्री प्रस्तुत गरेका थिए।

शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.