कात्तिक २७ , चितवन । नौ वर्षअघि कारबाहीमा परेका नेपाली कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालालाई पार्टी सभापति शेरबहादुर देउवाले चुनाव जिताएको भोलिपल्टै कारबाही फिर्ता गर्ने आश्वासन दिएका छन् ।
चितवनको भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई चुनाव जिताउन लागिपर्न आग्रह गरेका हुन् ।
“कारबाही भएको नौ वर्ष अगाडि नै रहेछ । मलाई थाहा थिएन”, सभामा बोल्दै देउवाले भने, “कसैलाई पनि कारबाही गर्न मन छैन । विकासजी, तपाईँ चुनाव जिताउनुहोस्, भोलिपल्टै कारबाही फिर्ता हुन्छ ।” निर्धक्क भएर काम गरेर चुनाव जिताउन देउवाले कोइरालासँग आग्रह गरे ।
कारबाही फिर्ताको माग राखी कोइराला समर्थकहरूले मागपत्र बुझाएका थिए । देउवाको आश्वासनपछि कोइरालाका समर्थकहरूले ताली बजाएर हुटिङ गरेका थिए ।


