कात्तिक ३०, उपर्दाङगढी। चितवन क्षेत्र नम्बर २ क प्रदेशसभा सदस्यका उम्मेद्वार घनश्याम दाहाल अभिनासले चितवनको पुरानो सदरमुकाम इच्छाकामना गाउँपालिका ७ मा रहेको एतिहासिक उपर्दाङगढीको संरक्षण र विकासका लागि आफु निरन्तर लागीरहने बताउनुभएको छ । आज घरदैलो अभियानका क्रममा उपर्दाङगढी पुग्नुभएका दाहालले यस अघि आफुले यहाँको पर्यटन विकासका लागि पुर्वाधार निर्माणको काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभएको हो ।
आफुले प्रदेस सरकारबाट यहाँ ५० लाख बजेट उपलब्ध गराई सिढीँ र रेलिङ बनाउने काम भएको र आगामी दिनमा यहाँ आवश्यक पुर्वाधारहरु निर्माणका लागि निरन्तर लागीरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिढीँ र रेलिङ निर्माण सगैँ उपर्दाङगढी सम्म पुग्न पर्यटकहरुलाई सहज भएको बताउनुभयो ।
आफुहरुकै पहलमा अहिले शक्तिखोर फिस्लिङ सडक कालोपत्र गर्ने काम भइरहेको बताउनुभयो । यस सडक कालोपत्र सम्पन्न भएपछि यहाँ पर्यटहरुको आवागमन बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
मंगलबार चुनावी घरदैलो अभियानका क्रममा इच्छाकामनाको वडा नम्बर ७ स्थित उपर्दाङगढीसहित वडा नम्बर २ तेर्से सम्म पुग्नुभएका दाहालले यहाँको विकासका लागि आफु निरन्तर लागीरहेको र आगमी दिनमा पनि लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


