• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चितवनको सिएमसीमा मृत्यु भएका कुँवरको शव परिवारले ४६ दिनपछि बुझे

  •   शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित

मंसिर ३ ,चितवन। चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारको क्रममा मृत्यु भएका रमेश कुँवरको शव परिवारले ४६ दिनपछि बुझेको छ। भरतपुर महानगरपालिका– १३ का रमेश कुँवरको १७ असोजमा बेलुका मृत्यु भएको थियो।

सोही बिहान ग्यास्ट्रिक बढ्यो भन्दै उपचार गराउन मोटरसाइकलमा अस्पताल पुगेका कुँवरको चिकित्सककै लापरबाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तले न्यायका लागि माग गर्दै आएका थिए।

‘ग्यास्ट्रिक भयो भनेर अस्पताल लगिएको दाइलाई भ्याल्टिलेटरमा राखे। घाँटीसहित शरीरका विभिन्न भागमा खोपे,’ मृतकका भाइ रामबहादुर कुँवरले भने, ‘मोटरसाइकलमा आरामसँग आएको मान्छेलाई अस्पतालले मृत्यु भएको घोषणा गर्‍याे। कहिले जन्डिस, कहिले फोक्सोमा पानी जमेको छ त कहिले निमोनिया भएको भने । उपचारमा लापरबाही गरेर मेरो दाइ मारे।’

परिवारका अनुसार विदेश जाने तयारी रहेका कुँवर सामान्य चेकअपका लागि अस्पताल आएका थिए। विदेश जानका लागि गरिएको मेडिकल रिपोर्ट सामान्य भएको बताउँदै उनका भाइले थपे, ‘मेरो दाइ २२ गते कतार जाने तयारीमा थियो। उसको मेडिकल रिपोर्ट सबै ठीक छ। अस्पतालले उपचारमा लापरबाही गरेर परिवारजनको ज्यान लियो। लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दा प्रहरीले दमन गरेर ६ जनाविरुद्ध मुद्दा दर्ता गर्‍याे।’

कुँवरको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरे। अस्पतालमा तनाव बढेपछि आएको प्रहरी टोलीले स्थानीय तीनजना युवा जीवन विश्वकर्मा, धनबहादुर विश्वकर्मा र विकास दमाईंविरुद्ध मुद्दा दर्ता गरेर कारबाही अघि बढाएकाे थियो। अहिले उनीहरू नाै लाख धरौटीमा छुटेका छन्।

अस्पतालले आफ्नो लापरबाही नरहेको भन्दै शव बुझ्न आग्रह गरेको थियो। तर, आफन्तले शव बुझेका थिएनन्। ३० असोजमा भएको पोस्टमार्टम रिपोर्ट अस्पतालकै पक्षमा आए पनि मृतकका आफन्तले मेडिकल काउन्सिलमा न्यायका थप पहल गरे। मृतकका छिमेकी रामप्रसाद विश्वकर्माका अनुसार प्रहरीमा आफ्नो गुनासो लिएर जाँदा प्रहरीले उजुरी लिन मानेन।

उनले भने, ‘मानव अधिकारवादीहरूसँग हामीले यो कुरा राखेका छौँ। कानुनले जे भन्छ हामी त्यही गर्न तयार छौँ। पक्कै न्याय मिल्छ।’चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार कुँवरको उपचारमा कुनै कमजोरी भएको थिएन।

देवकोटाका अनुसार उनलाई प्यानक्रियाटाइटिस भएको र सोको तीव्र संक्रमणको कारणले शारीरिक रूपमा स्थिर राख्ने अंगजस्तै फोक्सो, मिर्गौला, श्वासप्रश्वासमा संक्रमण फैलिएको र काम गर्न अवस्थामा समेत कमजोर भएपछि उनको मृत्यु भएको थियो।मृतकका चार महिनाका एक छोरा र ११ कक्षा पढ्दै गरेकी एक छोरी र श्रीमती छन्।

शनिबार, मङि्सर ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.