मंसिर ३ ,चितवन।भरतपुरको छुट्टा छुट्टै दुई स्थानमा भेटिएको शंकास्पद बस्तु डिस्पोज गरिएको छ ।आज (शनिबार) बिहान १२:३० बजे भरतपुर महानगरपालिका १० बाइसपासरोडको आँखा अस्पताल नजिक र भरतपुर १२ आस्थाचोकमा प्रेसर कुकर शंकास्पद रुपमा फेला परेको थियो ।
दुबै ठाउँमा भेटिएको शंकास्पद बस्तु कालीबहादुर गण भरतपुरबाट सेनाका मेजरको कमाण्डमा खटिएको टोलीले बिहान ३:३० बजे डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया


