मंसिर ४ ,चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । दाहालले भरतपुर-१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयकाे ‘क’ केन्द्रबाट पहिलाे मतदान गरेका हुन् ।माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका छन्। चितवनमा मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘प्रधानमन्त्रीकै कारणले गठबन्धन टुट्दैन । जबसम्म संविधान, समृद्धिमा प्रश्न रहन्छ तबसम्म यो गठबन्धन कायमै रहन्छ ।’
तस्बिर : निशा श्रेष्ठ
तपाईको प्रतिक्रिया


