मंसिर ८ , चितवन । नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भएका छन् । खनालले १५ हजार ५०७ मत ल्याई चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) को प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
विजयी खनालका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खनाल शैलेसले १४ हजार ७६८ मत ल्याएका हुन् । मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचन अन्तर्गत चितवन १ (२) मा नेकपाका एकीकृतका कृष्णप्रसाद खनालले नेकपा एमालेका प्रकाश खनाल शैलेसलाई ७ सय ३९ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
चितवन क्षेत्र १ (२) मा ५१ हजार २ सय ८९ मत खसेको थियो । उनी गठबन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ (२) मा उमेदवार बनेका थिए ।
तपाईको प्रतिक्रिया


