• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आर्यन र उपासना ‘डिसेम्बर फल्स’ को गीतमा छमछमी

  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित

मंसिर १३ ,काठमाडौं । प्रतिक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानीनँ’ सार्वजनीक गरिएको छ । युट्युव च्यानल म्युजीक डट कममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । फस्र्टलुक पोस्टर र टिजर आउट भएसँगै चर्चामा रहेको फिल्मको सो गीतमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी फिचर छन् ।

दीपक शर्माको शब्द र संगीत तथा निशान भट्टराई र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । भक्तपुर दरबार स्क्वायरमा सेट लगाइ खिचिएको गीतमा आर्यन र उपासनाले सय भन्दा बढी कोरसका साथ डान्स गरेका छन् । ३० डिसेम्बर अर्थात १५ पुषबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मलाई प्रविण झाले निर्देशन गरेका हुन् भने रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

कार्यक्रममा अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले बिगतमा भन्दा अझै धेरै दर्शकका माया पाउने बिश्वास ब्यक्त गरे । उनले आफू केही समयको बिश्रामपछि पुनः यसै फिल्मबाट पर्दामा आउन लागेकोमा निकै उत्साहीत रहेको बताए । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रुप पाउनु हुनेछ,’ उनले भने,‘फिल्म एक्शन,लभ,कमेडी र सेन्टिमेन्टन्स, सबै कुराको मिक्स अप छ । कम्प्लीट प्याकेज हेर्न पाउनु हुनेछ ।’
अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताइन् । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएँ,’ उनले भनिन्, ‘मेरा अघिल्ला फिल्महरुलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने बिश्वास लिएकी छु ।’ कोरियोग्राफर रामजीले ‘फकाउनै जानीनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताए । ‘पछिल्लो समय यत्तिको लगानी भएका गीत कमै बनेका छन,’ उनले भने, ‘दर्शकले अबश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’

निर्माता रामप्रसादले दर्शकको मनोरञ्जनका लागि आफूले कुनै कुराको कमी हुन नदिएको दावी गरे । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका उनले ‘डिसेम्बर फल्स’ ले सबैको म जित्नेमा आफू निश्चिन्तक रहेको बताए । फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले यसपाली मनोरञ्जनका साथै स्वास्थ्यजस्तो सम्बेदनशील क्षेत्रको बिबिधताको ‘कन्टेन्ट’ लाई पर्दामा उतारेको खुलासा गरे ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई,सलोन बस्नेत,शिबहरि पौडेल,नागेन्द्र रिजाल,शिसिर राणालगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता तथा रामप्रसाद र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा नर्स बिपीका खनालले लेखेकी हुन् । दक्षिण भारतीय फिल्मका चल्तीका सिनेमाटोग्राफर महेश आर गुप्ताले खिचेको फिल्मको पटकथा र सम्वाद केदार भुसाल र प्रतिक पौडेलले तयार पारेका हुन भने द्धन्द्ध श्री श्रेष्ठको छ । बनिष शाहले सम्पादन गरेको फिल्मका गीतको कोरियोग्राफी कबिराज गहतराज,रामजी लामीछाने,शिसिर खाती र प्रवीण सिंहले गरेका हुन् । फिल्मको बितरण श्रीराम बालाजी फिल्मस्ले गर्दैछन् ।

मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.