मंसिर १७ , काठमाडौं । अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । यो दृश्यलाई फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको छ । यसअघि पनि चितवनमा सुटिङ भैरहेको छड्के २ बाट नायक अनमोल जेलबाट बाहिरिँदै गर्दाको भिडियो सार्वजनिक भएको थियो ।
मनाङमा छायांकन भैरहेको फिल्मको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले टिकटकमा यसलाई सार्वजनिक गरेका हुन् । अनमोल र अर्का अभिनेता रविन तामाङबीचको लडाइ र संवाद सार्वजनिक भिडियोमा समावेश छ ।
यो भिडियोमा कथावस्तु र चरित्रको पक्षमा धेरै पक्षको खुलासा गरेको छ । अनमोल नायक र रविन तामाङ खलपात्रको भूमिकामा हुन्छन् । यार्सागुम्बा टिप्न जाँदा ११ वर्षअघि खलपात्रले अनमोलको बुवालाई मारेको सन्दर्भ प्रस्तुत गरिएको छ ।बुवालाई मारेपछि अनमोलले रविनसँग बदला लिन खोजेको देखिन्छ । भिडियोमा अनमोल तरवार लिएर जाइलागेको देखिन्छ ।
https://www.tiktok.com/@anmolgurung931/video/7172755348191726875?embed_source=70846776%2C120811592%2C120810756%3Bnull%3Bembed_masking&is_copy_url=1&is_from_webapp=v1&refer=embed&referer_url=www.onlinekhabar.com%2F2022%2F12%2F1228000%3Ffbclid%3DIwAR148nO4Eh6SNcsH8YKuLPdVjHz9d8j-j_2HMQqBCaLxLfabuTsTWTU1cNA&referer_video_id=7172755348191726875


