मंसिर १९ ,चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ ।नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायीक वनमा गैंडा मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भाले गैंडा मृत अबस्थामा भेटिएको हो ।गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले बताउनुभयो ।गैंडा बुढो भएर मरेको प्रारम्भिक अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया


