मंसिर २०, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक अनियन्त्रित भई रोड देखी २० मिटर तल तुईन खोलामा खसेको हो ।
दुर्घटनामा ट्रक चालक जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा १० धादिङ बस्ने ४२ बर्षको सन्त ब.राईको घटनास्थलमा मृत्युु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए। मृतकका आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने उनले बताए ।
तपाईको प्रतिक्रिया


