• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ

  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

मंसिर २०, काठमाडौं । हास्य अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको शिर्ष भूमिका रहेको सिनेमा ‘ह्यारी कि प्यारी’ यतिबेला चर्चामा छ ।कमेडीमा जमेका जितु र रोमान्टिक अभिनेत्रीको छवि बनाएकी साम्राज्ञीको यो पहिलो सहकार्य कस्तो बनेको होला भन्ने जिज्ञासा चौतर्फी सुरु भएको छ ।

माघ २० लाई प्रदर्शन मिति तोकेको सिनेमालाई डा: कपिल रिजालले निर्देशन गरेका हुन् । रोमकम जनराको सिनेमामा निर्देशक रिजाल कै प्रस्तुति र कथा छ ।रिलिजको लागि २ महिनाको समय बाँकी रहँदा सिनेमाको टिम भने यतिबेला बलिउड नगरी मुम्बई पुगेको छ ।

मुम्बईको चर्चित प्राइम फोकस स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको कार्य भैरहेको छ । प्राइम फोकसले यसअघि ‘ओम शान्ति ओम’, ‘मेरी कोम’, ‘पा’, ‘गुरु’, ‘गजनी’, ‘एक भिलेन’, ‘कयामत’, ‘धडक’, ‘गुड न्युज’ जस्ता थुप्रै बलिउड सिनेमाको सम्पादन गरिसकेको छ ।

नेपालमा प्रयाप्त प्रोडक्सन स्टुडियो भएपनि राम्रो नतिजा दिन मुम्बईको अत्याधुनिक स्टुडियोमा प्रोडक्सन कार्य थालनी गरिएको निर्देशक रिजालले बताए ।

‘मेरो हजुरआमाले भन्नु हुन्थ्यो, ‘गरेपछि राम्रैसंग गर्नु पर्छ ।’ बिस्तारै भनेर हुँदैन । त्यसपछि सबभन्दा राम्रो स्टुडियो कुन ? भन्दा प्राइम फोकसको नाम अगाडी आयो । ब्रमास्त्र जस्तो ६ सय करोडको सिनेमा बनाएको स्टुडियो भनेपछि प्राइम फोकस मै आउने निधो गरियो ।’

‘ह्यारी कि प्यारी’का मुख्य सहायक निर्देशक गिरिराज घिमिरे मुम्बईमा काम गर्दा टेक्निकल रुपमा सजिलो हुने बताउछन । साथै प्राइम स्टुडियोका कर्मचारीहरुले दिएको सम्मान र कामप्रतिको लगावले घिमिरेलाई प्रभावित बनाएको छ ।सिनेमाका छायांकार सुदिप बराल मुम्बईमा पोस्ट प्रोडक्सनको काम गर्दा प्राविधिक रुपमा सिनेमा अब्बल हुने धारणा राख्छन ।

‘नेपालमा हामीले सिमित स्क्रिनमा हेरेर डीआइको काम गर्नु पर्छ । त्यहाँ सम्पादन गर्दा हलको रेजुलेशनमा कस्तो दृश्य देखिन्छ भन्ने कुरा देख्न पाइन्थेन । यहाँ भने हलको प्रोजेक्सनकै लेभलको स्क्रिनमा सम्पादन गर्न पाउदा डिटेलिङमा देखिन्छ । नेपालमा प्राय: हलहरुमा टुके प्रोजेक्सन हुन्छ भने यहाँ हामीले फोरकेमा सम्पादन गरिरहेका छौं ।’ छायांकार सुदिप बरालले मुम्बईको कामले नेपालमा पनि प्राविधिक शिक्षा अझ बिस्तार हुने आशा बोकेका छन् ।

सिनेमा सम्पादनको लागि मुम्बई पुगेका अभिनेता जितु नेपाल त्यहाँको स्टुडियोले नेपाली सिनेमालाई दिएको माया र सम्मानको कदर गर्छन ।

‘हामि उहाँहरुको क्लाइन्ट भएका कारण राम्रो काम दिनु भएको छ । अझ त्यो भन्दा नि राम्रो कुरा उहाँहरुले नेपालीलाई दिएको सम्मान । उहाँहरुले बलिउड सिनेकर्मीलाई जस्तै हामीलाई पनि सम्मान दिनु भएको छ । उहाँहरु नयाँ काम गर्न पाएकोमा उत्साहितपनि देखिनु भएको छ ।’ जितुले प्राइम स्टुडियोको प्रशंसामा शब्द खर्चिए ।

‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिङ्घम’ जस्ता बलिउडका चर्चित सिनेमामा साउण्ड मिक्सिङको काम गरिसकेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा साउण्ड मिक्सिङ गर्न पाउदा एउटा माइलस्टोन पार गरेको बताउछन ।

‘सिनेमाको कन्टेन्ट र भावना राम्रो छ । यो कन्टेन्ट दर्शक माँझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडी बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसंग कनेक्ट गर्न सक्छ ।’ साउण्ड इन्जिनियर दास सिनेमाको तारिफ गर्दै भन्छन ।

पहिलो पटक नेपाली सिनेमामा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा नयाँ अनुभव प्राप्त गर्न पाएको बताउछन । साथै उनि नेपाली सिनेमालाई बलिउड जतिकै प्राथमिकता राखेर काम अगाडी बढाएको बताउछन । उनका अनुसार ‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफुहरुले राम्रो काम दिने र समय मै सिनेमाको काम सकाउने बताउछन । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी सिनेमाको काम गरेका छन् ।सिनेमाको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएकाले संगीत दिन मज्जा आएको बताए ।

‘उहाँहरुले भावनात्मक सिनेमा बनाउनु भएको छ । जसमा नेपालको ग्रामिण भेगलाई मज्जाले उतार्नु भएको छ । नेपालको र सिनेमाको मर्म मर्न नदिन मैले इन्टरनेशनल लेभलको ब्याकग्राउण्ड म्युजिक दिएको छ । आशा नेपाली दर्शकहरुले मन पराउनु हुनेछ ।’ ब्याकग्राउण्ड स्कोरर बापीले भने ।’

मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.