मंसिर २६ ,काठमाडौं । ५ बर्षपछि ठुलो पर्दामा फर्किन लागेका बलिउड नायक साहरुख खान अभिनित बहुप्रतिक्षित चलचित्र ‘पठान’को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको गीतमा नायक साहरुख खान र नायिका दीपिका पादुकोणको बोल्ड केमेष्ट्री देख्न सकिन्छ । भिडियोमा दीपिका पादुकोण हट देखिएकी छिन् ।
टिजरसँगै रिलिज मिति सार्वजनिक गरिएपछि सामाजिक संजालमा फ्यानहरु निकै उत्साहित छन् । टिजरमा शाहरुख खानको धमिलो झलक मात्रै देखाइएको छ तर यही झलकले पनि फ्यानहरु खुसी छन् । ट्वीटरमा शाहरुख खान, किंग खान र पठान ह्याशट्याग ट्रेण्ड गरिरहेका छन् ।
फिल्मको पहिलो गीत मात्रै रिलिज भएको छ र यसले रेकर्ड नै बनाउन लागेको छ । यो गीत रिलिज हुनेबित्तिकै भाइरल भयो । युट्युब, सोसल मिडियामा गीत बेशर्म ट्रेन्ड भइरहेको छ । यो गीतमा दीपिकाको सिजलिङ डान्स मुभ्स र ग्ल्यामरस लुक्सले गीतलाई थप विशेष बनाइदिएको छ ।
चलचित्रमा नायक जोन अब्राहिम खलनायकको भूमिकामा छन् । यशराज ब्यानरले बनाएको चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा धेरैको छ ।
यो फिल्म अर्को वर्ष २०२३ को जनवरी २५ मा रिलिज हुँदैछ । २०२३ मा शाहरुख ठूलो पर्दाका देखिएको ५ वर्ष पुग्नेछ किनकि २०१८ मा आएको फिल्म जीरोपछि शाहरुखका कुनै फिल्म आएका छैनन् ।


