मंसिर २७ , चितवन । सांसद रवि लामिछानेले छापा हानेको काठ घाइते जनावर र सांस्कृतिक संरक्षणका लागि सामाग्री राख्न वन उपभोक्ता समितिले चिरान गरि राखेको काठ भएको खुलासा भएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
साथै सांसद लामिछानेले पदिय हैसियत विपरित काम गरेको उक्त वन उपभोक्ता समितिले आरोप लगाएको छ । सामुदायिक बनको मर्म र भावना विपरित आफ्ना गठमतका युटुब च्यानल र समाजिक संचारहरु समेत लिई हठात पार्क परिसरको कार्यालयभित्र प्रवेश गरेको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
पर्यपर्यटनको विकास गर्ने उदेश्य बमोजिक जलदेवी पार्कभित्र हावाहुरीले रुखको हांगा भाँचेको र हावाहुरीले ढलेको रुखका साथै विद्युतले फडानी गरेको हाईटेन्सन मुनीबाट संकलन गरी राखेको काठ सोही स्थानमा छाड्दा चोरी निकासी हुने तथा हराउने सम्भवाना भएकाले उक्त काठलाई संरक्षण प्रयोग गरि सोही पार्कलाई विकास गर्ने प्रस्तावना बमोजिम पुरानो कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले विभिन्न सामाग्री निर्माण र घाइते वन वन्यजन्तुहरु संरक्षण गर्ने खोर निर्माण लागि चिरान गरि राखेको वनले जनाएको छ ।
२०७९ असार २८ गतेको कार्यसमितिको बैठकले निर्णय गरि पार्कभित्र चिरान गरि पार्क निर्माण स्थलमा भाद्र महिनामा राखिएको र विविध परिस्थितिले चाडबाडका साथै राष्ट्रिय निर्वाचनका कारणकाम प्रारम्भ गर्न केही विलम्व भएको डिभिजन वन कार्यालयलाई लगत पठाउन भनि पठाइएको र निर्वाचन पश्चात काम सुरु गर्न लागिरहेको अवस्थामा चितवन क्षेत्र नम्बर २ का सांसद लामिछानेले सामुदायिक वनको मर्म र भावना विपरित आफ्ना गठमतका युटुब च्यानल र समाजिक संचारहरु समेत लिई हठात पार्क परिसरको कार्यालयभित्र प्रवेश गरि पदिय हैसियत विपरितको कार्यप्रति आपत्ति प्रकट गर्दछ विज्ञप्तीमा भनिएको छ ।



