मंसिर २९ ,काठमाडौं । बुधबार नेपाल भ्रमणमा आएका बलिउड अभिनेता विवेक ओबरायले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष प्रचण्डलाई भेट्न अभिनेता ओबराय बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै बिहीबार खुमलटार पुगेका थिए । उनीहरुबीचको भेटको तस्वीर प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।प्रचण्डसँगको भेटमा ओबराय बाबुछोरा भादगाउँले टोपीमा सजिएका देखिन्छन् ।
बुधबार नेपाल पुगेका अभिनेता ओबराय दश दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएका ओबरायले आज बिहान पशुपतिनाथ दर्शन गरेका थिए ।
उनको लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम पनि तय भएको छ ।

तपाईको प्रतिक्रिया


