पुस २ ,काठमाडौं। दक्षिण एसियाकै नमूना बस टर्मिनललाई व्यवस्थित बनाउन भरतपुर महानगरपालिकाले चासो देखाएको छ । भरतपुर वडा नं. ९ मा रहेको केन्द्रीय बसटर्मिनल एकदशक अघि निर्माण गरिएको हो ।एसियाली विकास बैंक (एडीबी)को अनुदान तथा ऋण र तत्कालिन भरतपुर नगर विकास कोषको ऋण गरी १० करोड ९१ लाख लगानी गरेर बनेको यो केन्द्रीय बस टर्मिनल हो ।
भरतपुर महानगरपालिकाको तीन र राष्ट्रिय सहकारी विकास बोर्डको साढे दुई विगहागरी पाँच विगहा क्षेत्रफलमा बनेको बसपार्क अपलपत्र पर्दै गएपछि महानगरपालिकाले यो विषयमा चासो देखाएको छ ।अस्तव्यस्त बन्दै गएको बसटर्मिनललाई पौष ७ गतेदेखिनै व्यवस्थित रुपमा संचालनगर्ने महानगरले निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय, विभिन्न यातायात व्यवसायीहरुबीच छलफल गरेर महानगरले यसलाई व्यवस्थित बनाउने निर्णयमा पुगेको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

महानगरपालिकाका उम मेयर एवम अनुगमन समितिका संयोजक चित्रसेन अधिकारी सहित चितवन प्रहरी प्रमुख नवराज अधिकारी सहितको टोली शनिबार बसटर्मिनल पुगेर अनुगमन गरेका छन् । टोलीमा महानगरपालिकाकी मेयर दाहाल समेत सहभागी हुनुभयो । बसटर्मिनलको अवस्था विजोग देखेपछि सो क्षेत्रमा आजैवाट सरसफाई समेत सुरु गरिएको छ । बसटर्मिनल संचालनका लागि महानगरपालिकाले ठेक्का दिएको छ । तर ठेकेदार कम्पनीले सहमती अनुसार बसटर्मिनलको व्यवस्थापनमा ध्यान नदिएका कारण अलपत्रपर्दै गएको हो ।
भरतपुर ९ मा रहेको केन्द्रिय बस टर्मिनलमा सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान चितवन प्रहरीको सहकार्यमा भरतपुर महानगरले सुरु गरेको हो ।
भरतपुर महानगरको स्मार्ट सिटी बनाउने अभियान अन्र्तगत मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी आफै स्थलगत अनुगमनसगैँ सरसफाई गर्दै व्यवस्थित बनाउने अभियान सुरु गरेको महानगरले जनाएको छ ।भरतपुर महानगर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा बस व्यवस्थित बनाउने र बजारको सौन्र्दय करणलाई थप व्यवस्थित बनाउन सरसफाई सहित बसपार्क बाटै महानगरको यातायात व्यवस्थापन गर्ने मेयर रेनुले बताईन् ।

बसटर्मिनललाई व्यस्थित बनाउन सुरक्षासंयन्त्रले पनि तदारुकता देखाएका छन् । चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बसटर्मिनललाई व्यवस्थित बनाउन सबैसँग छलफल गरेर लिखित रुपमै सहमती भएको बताउनुभयो । सवारी चालक वा यातायात व्यवसायीले अटेर गरेमा निर्मतापूर्वक कार्वाही गरिने स्पष्टपार्नुभयो । ‘नीति नियम मान्दिन भनेर पाइन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
भरतपुरलाई सुन्दर र व्यस्थ्ति बनाउने अभियानमा महानगरपालिका सक्रिय बन्दै गएको छ । भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले भरतपुर केन्द्रीय बसटर्मिनलवाट सुरु भएको यो अभियानलाई महानगरक्षेत्रभर नै यो अभियान लागु हुने बताउनुभयो ।
यो नमुना बसटर्मिनलको बसपार्कको पार्किङ–वेमा सहित गरेर ८ सयवटा बस अटाउँछन् ।बसपार्कमा रहेको दुईसय अट्ने सुविधायुक्त प्रतिक्षालय सृुनसान देखिन्छ । यहाँका पोलहरुमा बत्ती बल्दैन । शौचालय अस्तव्यस्तका कारण पूर्ण रुपमा दुर्गन्धित छ ।टर्मिनलको माथिल्लो तलामा ठेकदार कम्पनी, यातायात समिति र प्रहरी बसेका छन् ।
https://www.facebook.com/kapurpot/videos/560875998767094


