• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई दियो न्यानो कपडा

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

पुस १४ ,चितवन । चिसो बढेसँगै भरतपुर महानगरपालिकाले साना विद्यार्थीलाई मध्यनगर गर्दै न्यानो कपडा वितरण गरेको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासबाट मेयरसँग बालबालिका कार्यक्रम अन्तरगत पहिलो चरणको न्यानो कपडा वितरणको थालनी गर्नुभएको छ ।भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईएको छ ।

चिसोका कारण विद्यालय जान रोकिन् नपरोस् भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आइरहेको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।यस्तै भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरुले निरन्तरता पाउने प्रमुख दाहालले जानकारी दिनुभयो ।

पहिलो चरणको न्यानो कपडा वितरण कार्यक्रममा साना विद्यार्थीहरुलाई एक जोड ट्रयाक सुट र ऊनको टोपी वितरण गरिएको भरतपुरका महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस वर्ष १५ सय विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम अन्तरगत पहिलो चरणमा १२ विद्यालयका १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो ।महानगरले आज बिहीबार ९ सय ८६ जना विद्यार्थीलाई सहयोग गरेको सहयोग गरेको छ ।

भरतपुर–६ को देवज्योति आधारभूत विद्यालयका १ सय १४ जना, वडा नम्बर १३ को आधारभूत विद्यालय ब्रहमपुरीका ५८ जना, वडा नम्बर १७ को आधारभूत विद्यालय लगौटाका १ सय २२ जना, १८ को आधारभूत विद्यालय भवनवस्तीका १ सय १३ जना विद्यार्थीले न्यानो कपडा पाए । यस्तै वडा नम्बर २१ को आधारभूत विद्यालय रंगीलाका ८९ जना, आधारभूत विद्यालय सीतापुरका ३४ जना विद्यार्थीले न्यानो कपडा पाए ।

यस्तै वडा नम्बर २३ को आधारभूत विद्यालय घैलाघारी, वडा नम्बर २६ को जनमासिंह आधारभूत विद्यालयका ५० जना, वडा नम्बर २७ कोकाजिमान आधारभूत विद्यालयका ८४ जनाले न्यानो कपडा सहयोग पाएका छन् । भरतपुर महानगरभित्र १ सय १६ वटा सामुदायिक विद्यालय छन् भने ९७ वटा संस्थागत विद्यालय छन् । ७३ वटा आधारभूत तहका विद्यालय छन् । महानगरले विगत ४ वर्षदेखि विद्यार्थीलाई न्यानो कपडा सहयोग गर्दै आएको छ । महानगरले छात्राहरुलाई साइकल समेत वितरण गरिसकेको छ ।

बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.