• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘माया बन्धन यो’ को भिडियोमा पुष्प खड्का र सुमित्रा पौडेल

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

पुस १६ ,काठमाडौं । चलचित्र उद्योगमा ख्यातिप्राप्त कलाकर्मीहरुको सहकार्यमा आधुनिक गीतको अडियो र यसको भिडियो ‘माया बन्धन यो’ एकसाथ सार्वजनिक गरिएको छ । निर्माण टिमले ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरेको हो ।सार्वजनिक भएसँगै दर्शक र श्रोताले यसलाई निकै उत्साहका साथ हेरेका छन् भने युट्युवमा पनि सकारात्मक प्रतिक्रियाहरु आइरहेका छन् ।

यो गीतमा प्रताप दास र कविता श्रेष्ठको संयुक्त आवाज सुन्न सकिन्छ । बाबु प्रधानले गीतको अडियो एरेन्ज गरेका हुन् । राजेश कुमार श्रेष्ठको शब्दमा सजिएको गीतको म्युजिक एलिस कार्कीले तयार पारेका हुन् ।
गीतको भिडियोमा चलचित्र उद्योगका लोकप्रिय अभिनेता पुष्प खड्कासँग सुमित्रा पौडेलले अभिनयमा अनस्क्रिन रोमान्स गरेकी छन् । यसै गीतबाट मोडलिङमा डेब्यु गरेकी पौडेलले यो गीत आफ्ना लागि ड्रिम प्रोजेक्ट रहेको प्रतिक्रिया दिइन् । उनले चलेका अभिनेतासँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र आगामी समयमा यस्तै मिठा गीतमा प्रस्ताव आयो भने काम गर्न राजी हुने बताइन् । सानैंदेखी अभिनयमा आउने मन थियो, उनले भनिन्, ‘अध्ययनमा ब्यस्तताले त्यसबेला सम्भव भएन । सबैको आ–आफ्नो समय आउँछ भनेजस्तै मेरो पनि बिहे भइसकेपछि २ नानीबाबु जन्मिएपछि बल्ल चाहना पुरा गरेकी छु ।’

गीत सार्वजनिक भएपछि अभिनेता पुष्प खड्काले चलचित्र उद्योगमा नाम चलेका व्यक्तिहरुको सहकार्य रहेको यो प्रोजेक्टको अडियो मन परेपछि भिडियोमा काम गर्न तयार भएको प्रतिक्रिया दिए । उनले भने, ‘अडियो मन परेपछि भिडियोँमा काम गरेँ । अहिले म अभिनित चलचित्र तिम्रो मेरो साथ को प्रमोशनमा भएकाले यो गीतको प्रेस मिटमा उपस्थित हुन सकिनँ । तर, गीतको भिडियो हेरेपछि असाध्यै उत्साहित भएको छु ।’

आज सार्वजनिक यो गीतको अडियो र भिडियो एक विशेष प्रेस मिट समारोहकाबीच वल्र्डवाइड प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो । तर, मुख्य अभिनेता खड्का काठमाडौंबाहिर भएपछि प्रेस मिट कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो ।गीतको भिडियो चितवनको चर्चित झरना जलभिरे लगायतका विभिन्न स्थानमा खिचिएको छ ।

ओम प्रसाईँ भिडियोका डिओपी हुन् । असाध्यै कलात्मक ढंगले उनले आफ्नो सिनेम्याटोग्राफीको क्षमता यसमा पनि दिएका छन् । भिडियोका निर्देशक सन्दिप भुजेल हुन् । सन्दिप पछिल्लो समय एकपछि अर्को हिट गीत निर्देशन गरिरहेका छन् । गीतको भिडियोलाई मल्टि ट्यालेन्टेड ओम प्रसाईँले सम्पादन गरेका हुन् । उनैले भिडियोको स्क्रिन प्ले, कलर ग्रेडिङ लगायतका काम समेत गरेका छन् ।
यो गीतले एउटा प्रेमिल जोडीको माया भिज्युअल मार्फत देखाउन खोजेको निर्देशक सन्दिप भुजेलले बताए । उनले भने, ‘हामीले यो गीत निर्माणमा असाध्यै मिहेनत गरेका छौं । मलाई लाग्छ यो गीत र भिडियोलाई दर्शकले निकै माया गर्नेछन् ।’

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.