पुस १७ , चितवन । चितवनमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केरावारी नजिक अन्दाजी ६ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३-००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक तनहु जिल्ला भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सन्जिव ब.रायमाझीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक र ट्रकको चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


