काठमाडौँ, २१ कात्तिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाउनु भएको । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले बताउनु भयो ।
गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
तपाईको प्रतिक्रिया


